छुटेका कुरा –ताप्लेजुङः
ताप्लेजुङ, दोभान बजारका आगलागी पीडितले राहात पाएका छन् ।
भिजी फाउण्डेशन, एनआईसी एसिया लघुवित्त र स्वदेसी लघुवित्त ईटहरीको संयुक्त सहकार्यमा पीडितलाइ २ लाख ५० हजार बराबरको आपतकालिन खाद्यान्न सामाग्रीहरु वितरण गरेका छन् ।
सहयोग वितरण गर्नेको लागि संस्थाका प्रतिनिधीहरु राजन मगर र भुवन निरौला विदाको दिनमा सम्बन्धित मेरिङ गाउँपालिका –३ पुगेका थिए । संकटको घडीमा आपतकालिन सहयोग पाउँदा उनिहरू निकै खुसी थिए, राजन मगरले भने ।
समाजिक दायित्व अन्तर्गत लामाे समय देखि संस्थाले आपतविपतमा परेकाहरुलाई सहयाग गर्दै आईरहेको छ ।
केही दिन अगाडी भोला पौडेलको घरबाट विधुत् सर्ट भई आगलागी सुरु भएको थियो । र, फुङलिङ नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानियवासीले आगो नियन्त्रणमा लिएको सम्बन्धित जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीका क्रममा ४० घर जलेर पूरै नष्ट भएका थिए भने स्थिती तनावग्रस्त बनेको थियो ।