०९ माघ २०८१ , बुधबार

चुनावका बेला “चुनावदेखि चुनावसम्म”


छुटेका कुरा

प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन २०७९ लाई लक्षित गरी युवा कलाकारहरुले “चुनावदेखि चुनावसम्म” नामक सडक नाटक प्रदर्शन गरेका छन् । जनचेतना जगाउने उद्देश्यले आज –  हिमालयन ह्वाइटहाउस कलेज, रत्नपार्क र वसन्तपुर डबली गरी काठमाडौंका तीन स्थानमा उक्त नाटक देखाइएको हो ।

नाटकमा राजनीतिक दलहरुले चुनावअघि बाँडेका आश्वासन र चुनावपछि देखाउने वेवास्तालाई व्यङ्ग्य गरिएको छ । कार्तिक २० गतेबाट प्रदर्शन सुरु गरिएको उक्त नाटक कार्तिक ३० गतेसम्म काठमाडौं उपत्यका र उपत्यका बाहिरका विभिन्न स्थानमा देखाइने तयारी रहेको छ ।

उक्त नाटकमा एसके शर्मा, भुवन आचार्य, आशिष घिमीरे, कैलाश कुमार कार्की, दिवेन्द्र देभ पौडेल, अनिश बिमली, आकाङ्क्षा क्षेत्री, ज्योती खड्का, पुजा तिवारी, शिक्षा मन्याल, मनोज घिमीरे, बिनीता कोइराला, प्रदिप एडी, जेसिका पोखरेल, माधव भुर्तेल, विष्णु बसौला, जस्टिन बोगटी, सुभान्त घिमीरे र एस बोगटी लगायतका कलाकारको अभिनय रहेको छ ।

यसैगरि एलिजा तुम्बापो र बिजय शाहीले नाटकको व्यवस्थापन गरेका छन् ।

भिडीयाे तथा तस्वीर – 


Leave a Reply

Your email address will not be published. Required fields are marked *