०८ बैशाख २०८२ , सोमबार

नेपाल महोत्सव २०२५ : भव्य तयारी पूरा, सहभागिताको आह्वान

नेपाल महोत्सव

नयाँ दिल्ली, भारत

नेपाल महोत्सव २०२५ को प्रतिक्षाको घडी समाप्त हुने बेला आएको छ ! नेपाल-भारत व्यापार, संस्कृति, पर्यटन प्रवर्द्धन तथा नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने यो भव्य महोत्सव अब केही दिनमै सुरु हुँदैछ

चैत्र २९ देखि ३१ गते (April 11-13, 2025) सम्म नयाँ दिल्लीस्थित नेपाल दूतावास प्रांगण, बाराखम्बा रोडमा आयोजना हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ।

व्यापार, संस्कृति, पर्यटन र नेपाली पहिचानको संगम

नेपाल महोत्सवलाई एभरेष्ट चेम्बर अफ कमर्स (Everest Chamber of Commerce & Industries) ले आयोजना गरेको हो भने त्यसमा भारतस्थित नेपाली दूतावासको सहकार्य रहेको छ। आयोजकका अनुसार यस महोत्सवमा व्यापारिक अवसरहरू, सांस्कृतिक कार्यक्रम, मौलिक नेपाली खाना, हस्तकला प्रदर्शनी लगायतका विभिन्न आकर्षक गतिविधिहरू समावेश गरिएका छन् ।

एभरेष्ट चेम्बर अफ कमर्सका अध्यक्ष युवराज बराल, महासचिव डा. महोन कार्की र महोत्सवका निर्देशक राजेन्द्र घिमिरेले यसलाई नेपाली कला, संस्कृति, पर्यटन तथा व्यावसायिक सम्बन्धलाई प्रवर्द्धन गर्ने ऐतिहासिक अवसर भनेका छन् ।

विशेष आकर्षणहरू

व्यापार तथा नेटवर्किङ (Business Networking)
मौलिक नेपाली परिकार (Nepali Cuisine)
सांस्कृतिक प्रस्तुति एवं हस्तकला प्रदर्शनी (Culture & Handicraft)

नेपाल महोत्सव २०२५: सहभागिताको आह्वान

महोत्सव अब केही दिनमै सुरु हुने भएकाले आयोजकहरूले सबै नेपाली तथा भारतीय नागरिकहरूलाई यस ऐतिहासिक क्षणको साक्षी बन्न निमन्त्रणा गरेका छन् ।

नेपाल महोत्सव २०२५ मा सहभागी भई नेपाली गौरव बढाऔं !


Leave a Reply

Your email address will not be published. Required fields are marked *