०८ बैशाख २०८२ , सोमबार

योग विज्ञान शिविर


पतन्जलि योगपीठ नेपाल, महिला पतन्जलि योग समिति, युवा नेपाल समिति र पतन्जलि योग समिति नेपालको आयोजनामा पतञ्जलि योगपीठ उत्तराखण्ड हरिद्वार भारतमा सात दिवसीय युवा योग विज्ञान शिविरको शुभारम्भ भएको छ ।

योग ऋषि परमपुज्य स्वामी रामदेवज्यू महाराज र आयुर्वेद शिरोमणि परम श्रद्धेय आचार्य बालकृष्णज्यू महाराजको दिव्य आशिर्वाद तथा प्रेरणाका साथमा यही मिति २०८१ चैत २७ गतेबाट पहिलो चरणको योग शिविरको शुभारम्भ गरिएको हो ।

२०८२ वैशाख २ गतेसम्म सञ्चालन गरिने यस पहिलो चरणको ७ दिवसीय युवा योग विज्ञान शिविरमा युवा नेपाल योग समितिका करिब ४९२ पुरुष युवाहरु नेपालभरबाट प्रत्यक्ष सहभागी भएर योग प्रशिक्षण लिनेछन । त्यसैगरि महिला युवाहरुको सहभागितामा सञ्चालन गरिने दोस्रो चरणको युवा योग विज्ञान शिविर २०८२ वैशाख ४ गतेबाट शुभारम्भ हुनेछ भने , २०८२ वैशाख १० गते समापन गरिनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *