छुटेका कुरा – आचार्य बालकृष्ण
द्विचार प्रवाह
- योगीले सबैलाई जोड्ने र मिलाउने काम गर्छ । सियो बनेर घोच्ने होइन, सिउने काम गर्दछ ।
- संस्कारवान् व्यक्ति, समर्थ राष्ट्र र रोग, शोक तथा भयमुक्त विश्वको निर्माण गर्नु हाम्रो अन्तिम लक्ष्य हो ।
- ईश्वरले महान् कार्य गर्नका लागि तिमीलाई बनाएका हुन् । जीवनलाई भय एवं भोग दुवैबाट बचाऊ । भयमा बाँच्ने व्यक्ति कायर र भोगातुरमा बाच्ने व्यक्ति अविवेकी हुन्छ ।
- जातिवाद सामाजिक द्वन्द्व एवं पतनकाे मूल कारण हो । यसलाई पूर्णतः समाप्त गरौं ।
- हजार शब्दहरूको भन्दा कर्मको एक ध्वनि बढी प्रभावकारी हुन्छ । अतः प्रवचनभन्दा सत्कर्म एवं आचरणमा विश्वास गर्ने संस्कृतिलाई आत्मसात् गरौं ।
- भौतिक सफलता प्राप्तिका लागि अनेक छोटा बाटाहरू हुन सक्छन्, तर आध्यात्मिक सफलताको छोटो बाटो हुँदैन । आध्यात्मिक सफलताको ताज तब मिल्छ, जब हामी दृढ सङ्कल्पित भएर पूर्ण इमानदारीता, कृतज्ञता र कडा मिहिनेतको बाटोबाट गुज्रिदा समेत हार मान्दैनाैं ।
- कसैले पनि हामीलाई अन्याैलमा पार्न नसकोस्, यति विवेक हामीभित्र हुनैपर्छ । कसैले हामीमाथि दबाब दिन नसकोस्, यति आत्मबल हामीभित्र हुनुपर्दछ । हामीले आफ्नो कृतिलाई प्रमाणित बनाउन सकौँ, यति आत्मविश्वास हामीभित्र हुनुपर्दछ । हामी अन्यायका विरुद्ध लड्न सकौँ, यति साहस हामीभित्र हुनुपर्छ । हामी हाम्रो आदर्शमय पथमा अडिग रहन सकौँ, यस्तो साधना हामीभित्र हुनुपर्छ । पलायन होइन, सङङ्घर्ष, विवशता होइन, मिहिनेत र शौर्य नै मनुष्यको गौरवपूर्ण परिभाषा हो ।
- अतितको याद अनि भविष्यको महत्त्वाकांक्षा त्यागेर वर्तमानमा जिउनु नै योग हो ।
- सदा मुस्कुराऊ, प्रसन्न बन, अरुलाई सम्मान गर । माता पिता, दीन-दुःखीहरू एवं अरुको सेवा गर, अरुलाई सुख देऊ । यसो गरे तिमीलाई पनि सुख एवं सहयोग मिल्नेछ।
- बलिप्रथा, जातिप्रथा, भेदभावलाई त्याग अनि प्राणीहरूमा ईश्वरको दर्शन गर ।
- जब योग-साधनाद्वारा मनुष्य ईश्वरीय शक्तिको संवाहक बन्दछ, तब उसलाई निमित्त बनाएर भगवत् शक्तिले काम गरिराखेको हुन्छ।
- ऊर्जाको ग्रहण, संरक्षण एवं सदुपयोग नै जीवन हो । अतः ब्रह्माण्डीय ऊर्जा ग्रहण गर्नका लागि योगाभ्यास, संरक्षणका लागि योगानुशासनको पालना एवं सदुपयोगका लागि निःस्वार्थ कर्म गरौं ।
- प्राणायामले व्यक्तिको सकारात्मकता, गुणात्मकता, उत्पादकता एवं सृजनात्मकतामा वृद्धि गर्दछ ।
- कृतघ्नता सबैभन्दा ठुलो पाप हो भने कृतज्ञताको भावमा जिउनु नै पुण्य हो ।
- तिम्रो शरीर देवालय, शिवालय र भगवानकाे पवित्र मन्दिर हो । यसमा तामसिक आहार, नकारात्मक विचार एवं भावनाहरूलाई स्थान नदेऊ ।
- रोगहरूको निवारणाको पहिलो विकल्प योग तथा आयुर्वेद हुनुपर्दछ किनभने योग-आयुर्वेद निरापद छ तर एलोप्याथीमा पार्श्व-प्रभाव (साइड इफेक्ट) छ ।
- गुण र दोष प्रत्येक व्यक्तिमा हुन्छन् । योग तथा आयुर्वेदलाई अपनाउँदै गए दोषहरूको क्रमश: समाप्ति अनि सद्गुणहरूको प्रवर्धन हुँदै जान्छ।
- योग एवं यज्ञ (पञ्चमहायज्ञ) जीवनका दुई पुण्य-प्रवाह हुन्, दुई वटा पङ्ख हुन्, जसले हाम्रो जीवनलाई निरन्तर उन्नति तथा समृद्दितर्फ लैजान्छन् ।
- मस्तिष्कमा ब्राह्मण जस्तो विवेक, हातहरूमा क्षत्रिय जस्तो शौर्य एवं पराक्रम, उदरमा वैश्य जस्तो कुशल व्यापार कौशल एवं पाउमा शूद्र जस्तो सेवा गर्ने सामर्थ्य छ। यही मनुष्यको वर्णाश्रमको तत्त्वदर्शन हो ।
- नारीलाई आफ्नै आमा जस्तो ममतामयी, पत्नी जस्तो पवित्र एवं छोरी जस्तो प्यारी रूपमा अनुभव गर ।
- योग गर्नाले ९९ प्रतिशत व्यक्ति निर्व्यसनी र निरोगी हुन सक्दछन् । देशभक्त र ईमानदार नागरिकहरूले मतदान नगर्नाले नै भ्रष्ट एवं बेमानहरूको हातमा देशको राज्यसत्ता जान्छ। यही भ्रष्टाचार नै देशको दुर्दशाको कारण बन्न पुग्दछ।
- बलवान् त्यो होइन, जसले बदला लिन सक्दछ, अपितु बलवान् त्यो हो जसले बल हुँदाहुँदै पनि क्षमा गर्दछ।
- योग सम्पूर्ण जीवन दर्शन हो । योगद्वारा आन्तरिक तथा बाह्य रूपमा समग्र आरोग्य (स्वास्थ्य) प्राप्त हुन्छ । योगले सम्पूर्ण सौन्दर्य प्रदान गर्दछ ।
- योगद्वारा हाम्रो समग्र व्यक्तित्व निखारिन्छ । योगले साधकलाई सम्पूर्ण आधिव्याधिबाट मुक्त गराउँदै समाधिको उच्चतम शिखरसम्म पुयाउँदछ ।
- व्यस्ततामा मस्त रहनु नै सज्जनको आदर्श हो ।
- जीवनबाट पलायन नहुनु एवं सधै समत्वमा रहनु नै योग हो । कर्म एवं कर्मफलको आसक्तिबाट मुक्त भई कर्म गर्नु नै सच्चा सन्यास हो ।
- जब उचित कर्त्तव्यमा हामी खूब मस्तीका साथ डुब्नेछौं, तब हाम्रो कर्म नै पूजा बन्नेछ ।
- गुरुदर्शन वा गुरुभक्तिको अर्थ हो- ‘गुरुको चरित्रलाई आत्मसात् गर्नु’ तथा गुरुदक्षिणाको वास्तविक तात्पर्य हो – ‘गुरुद्वारा सञ्चालित सेवा-यज्ञमा समर्पित हुनु ।’
- जगत् चाहे निन्दा गरोस् वा स्तुति, लक्ष्मी (धन) आओस् वा जाओस् तथा मृत्यु आजै होस् वा धेरै दिनपछि; तर सत्य र धर्मको पथमा हिँड्ने धैर्यवान् व्यक्ति कहिल्यै विचलित हुँदैन ।
- धेरै व्यक्तिहरू विघ्न-बाधाहरूदेखि भयभीत भई कुनै पुण्य कार्य प्रारम्भ नै गर्दैनन्, धेरैजना प्रारम्भ गरी बीचैमा विघ्नहरूबाट भयभीत भई रोकिन्छन् । उत्तम कोटिको मानिस त्यो हो जो विघ्न-बाधा, भयंकर संकट र प्रतिकुलतामा पनि रोकिँदैन । अन्तमा ऊ नै विजयी हुन्छ ।
- जीवन एउटा जमिन हो, विचार त्यसमा रोपिने बीज जस्तै हो । जस्तो हाम्रो विचार हुन्छ, त्यस्तै व्यक्तित्व, व्यवहार, स्वभाव र आचरण हुनेछ ।
- देश एवं देशवासीहरूको सेवाको सबैभन्दा श्रेष्ठतम माध्यम योग हो ।
- जीवन भगवत्-कृपाको प्रसाद र मृत्यु ईश्वरधामको आमन्त्रण हो ।
- न भोग, न भाग ! बस, जाग ! सत्मार्गमा लाग ।
- मनमा यस्तो विचार अखण्ड बनाई राख कि यो जीवन देश-सेवा, प्राणी-सेवा एवं भगवत् भक्तिका लागि होस् ।
- देशको नेतृत्व सधैं लगभग एक प्रतिशत मानिसको हातमा हुन्छ । नौ प्रतिशत मानिसहरू ती एक प्रतिशत मानिसहरूका मुख्य शक्ति हुन्छन् । ८० प्रतिशत मानिसहरूले ती १० प्रतिशत मानिसहरूको अनुसरण गर्ने गर्दछन् । बाँकी १० प्रतिशत मानिसहरू अज्ञान, दुराग्रह, स्वार्थ र अहङ्कारमा रही सधैं श्रेष्ठ एवं सात्त्विक मानिसहरूकाे विरोध गर्दछन् ।
- जुन पवित्र विचारहरूले मलाई माथि उठाएको छ, मेरो आत्मविश्वास बढाएको छ र मलाई अग्निपथमा अगाडि बढाइरहेको छ, म आश्वस्त छु-ती पवित्र विचारहरूबाट नै मेरो देशका प्रत्येक व्यक्तिहरू जाग्नेछन् र देशको स्वाभिमान जगाउनेछन् तथा रोग, शोक र भयमुक्त विश्वको निर्माणका लागि अग्रसर हुनेछन् ।
- देशबाट मलाई धन, सत्ता, सम्पत्ति, सम्मान र जीवन प्राप्त भएको छ । यो देशका आमा, दिदीबहिनी, चेलीबेटी, बालबालिका र बूढापाकाहरूको आँखाको आँसु मेरो पीडा हो र देशको खुसी मेरो प्रसन्नता हो ।
- मेरा प्यारा देशवासी ! असम्भवलाई सम्भव गर्ने अपार क्षमता, सामर्थ्य र ऊर्जा तिमीभित्र समाहित छ । कालको निधारमा आफ्नो शक्ति, साहस र शौर्यले नयाँ इतिहास लेखौं । जसले स्वतन्त्रता दया, करुणा र आत्मबलिदान माग्दछ ।
- देशको हानि दुष्टहरूको दुष्टताबाट कम तथा सज्जन व्यक्तिहरूको उदासीनताबाट धेरै हुने गर्दछ । अत: अब मौनता तोड ! स्वयं जाग र देशलाई जगाऊ ! देशबाट आसुरी शक्तिहरूलाई परास्त गर्नका लागि अगाडि आऊ ।
- जुन देशको नेतृत्वमा पराक्रमी, स्वाभिमानी, विनयशील, संयमी, सदाचारी, पारदर्शी र दूरदर्शी सत्पात्रहरू हुँदैनन्, त्यो राष्ट्र कहिल्यै पनि सुरक्षित हुन सम्भव छैन ।
- आफ्नो सम्पूर्ण अस्तित्वमा हामी आफ्नो देशलाई देखौं । मेरो देश नै मेरो तन हो । आफ्नो हृदय, मन, मस्तिष्क, एक-एक अस्थि, मांसपेशी र रगतको एक-एक थोपा मैले देशको माटोबाट पाएको छु । अतः जबसम्म शरीरमा प्राण रहनेछ तथा रगतको अन्तिम थोपा बाँकी रहनेछ, तबसम्म म सर्वप्रथम देशका लागि काम गर्नेछु, देशका लागि बाँच्नेछु तथा देशको सम्मान र स्वाभिमानका लागि प्राणको आहुति दिनु परे पनि म कहिल्यै पछाडि हट्नेछैन ।
- जसका कारण शरीर, मन, बुद्धि र आत्मा उत्तम हुन्छ, त्यसलाई ‘संस्कार’ भनेर भनिन्छ। संस्कारमय जीवन बाँचौं ।
- प्रत्येक व्यक्तिको राम्रो-नराम्रो आचरणले सम्पूर्ण राष्ट्र प्रभावित हुन्छ ।
- बालकको जस्तो निर्मलता एवं निर्भयता, युवाको जस्तो जोश, प्रौढको जस्तो होश एवं संन्यासीको जस्तो त्याग एवं समर्पण नै मनुष्य जीवनका आदर्श हुन् ।
- राष्ट्र-धर्म सबैभन्दा ठूलो धर्म हो । राष्ट्रदेव सबैभन्दा ठूला देवता अनि राष्ट्रप्रेम नै सर्वोच्च कोटीको प्रेम हो । राष्ट्रहित सर्वोपरि हित हो । राष्ट्र नै हाम्रो सर्वस्व हो । अतः आफ्नो तन-मन-धन एवं जीवन राष्ट्रहितमा समर्पित गरौं- ‘इदं राष्ट्राय इदं न मम’ ।
- कर्म नै मनुष्यको धर्म हो । कर्म नै पूजा हो । कर्म नै जीवन एवं जगत् काे सत्य हो । कर्तापनको अभिमान, कर्म एवं कर्मफलप्रतिको आशक्ति त्यागेर गरिने कर्म नै सर्वोत्कृष्ट कर्म अर्थात् निष्काम कर्म हो ।
- जब योग-साधनाद्वारा मनुष्य ईश्वरीय शक्तिको सम्वाहक बन्दछ, तब उसलाई निमित्त बनाएर भगवत् सत्ताले काम गरिराखेको हुन्छ ।
- गल्तीहरूलाई दोहोरिन नदेऊ, यसको पुनरावृत्तिले प्रगति रोकिन जान्छ एवं आत्मबल कमजोर हुन्छ ।
- जहाँबाट हामी गाँस, बास, कपास एवं ज्ञान प्राप्त गर्दछौं, त्यो हो हाम्रो प्यारो देश नेपाल ।
- जाँड, रक्सी, चुरोट, खैनी सेवन सामाजिक अपराध एवं सर्वनाशका मूल कारण हुन् ।
- जातिवाद र बलिप्रथा राष्ट्रिय दुर्गति एवं आन्तरिक कलहका जड हुन् । यिनीहरूलाई त्यागौं अनि ‘वसुधैव कुटुम्बकम्’ को भावलाई आत्मसात् गरौं ।
- योग एवं आयुर्वेदद्वारा नै समग्र स्वास्थ्य प्राप्त गर्न सकिन्छ ।
- वैराग्यको अर्थ हो-राग, द्वेष र कामनाहरू र सुख लिने इच्छाले रहित भएर निष्काम भावनाले कर्म गरियोस् ।
- हामी वेदोक्त योग एवं आयुर्वेदद्वारा एक स्वस्थ, समृद्ध एवं संस्कारवान् राष्ट्र तथा विश्वको निर्माण गर्न चाहन्छौं ।
- जसलाई देशको माटो, संस्कृति, सभ्यता एवं स्वदेशी जनतासँग प्रेम छैन, उसलाई देशमा बस्ने हक पनि हुँदैन ।
- रोग र भोकका कारणले एक जनाले पनि मर्नु नपरोस् ।
- विदेशमा जम्मा भएको रकमलाई स्वदेशमा ल्याउनु छ । गरिबी, प्रदूषण एवं अशिक्षालाई मेटाएर, देशलाई समृद्ध बनाउनु छ ।
- स्वदेशी वस्तुलाई स्वीकार गरौं, विदेशी वस्तुलाई बहिष्कार गरौं ।
- मेरो तन होस् स्वदेशी, मेरो मन होस् स्वदेशी । मरणोपरान्त पनि मेरो, कात्रो होस् स्वेदशी ।
- भ्रष्टाचार, शोषण र अधर्म गर्नेहरू हुन् घोर अपराधी । यिनै हुन् देशका विरोधी अनि नरकगामी महाअभागी ।
- देवत्वलाई विजय एवं असुरत्वलाई पराजय गर्नु नै हाम्रो एक मात्र ध्येय हो ।
- अब स्वदेशको एक पैसा पनि नजाओस् विदेशमा ।
- नेपाल मेरो जन्म स्थल, नेपाली मेरो पहिचान ।
- यौगिक जीवनशैली जिउनु हाम्रो मूल मन्त्र ।