२०८१ चत्र १ गते शुक्रबार–
कर्णाली प्रदेशमा महिला पतञ्जली योग समिति नेपालको संगठनात्मक विस्तार भइरहेको छ। परम पूज्य स्वामीजी महाराज तथा परम श्रद्धेय आचार्य श्री महाराजको मार्गनिर्देशन र आशीर्वादसहित, हालै पूज्य साध्वी देबादिती जीको प्रमुख सान्निध्यमा कर्णाली प्रदेशका विभिन्न जिल्लामा महिला समितिहरू गठन गरिएको छ।
समिति कर्णाली प्रदेशका १० मध्ये ९ जिल्लामा समिति गठन भइसकेको छ भने अब छिट्टै कालिकोट जिल्लामा पनि समिति गठन हुने बताइएको छ ।
समितिहरू गठनको क्रममा मुगु जिल्लामा बाचुकला रावल अध्यक्ष चयन हुनुभएकाे छ भने पश्चिम रुकुममा नारायणी खड्का, महामन्त्रीमा सत्यदेवी घर्ती मगर, सल्यानको अध्यक्षमा रिता वली, महामन्त्रीमा शारदा थापा, र वीरेन्द्रनगर नगर समितिको अध्यक्षमा निरु गौतम, महामन्त्री सीता शर्मा चयन हुनुभएकाे छ ।
महिला पतञ्जली योग समितिले योग, स्वास्थ्य, आध्यात्मिक उन्नयन, र सामाजिक सेवाका क्षेत्रमा सक्रिय छ ।समितिको उद्देश्य महिला सशक्तीकरण, योग प्रवर्द्धन, र समाजसेवामा योगदान दिनु रहेको छ। पतञ्जली योग समितिले नेपालभर योग तथा प्राकृतिक जीवनशैलीलाई प्रवर्द्धन गर्दै आइरहेको छ, जसमा महिलाहरूको सहभागिता अझै बढाउने गरी कामहरू अघि बढिरहेका छन् ।
थप जानकारीका लागि महिला पतञ्जली योग समिति नेपालसँग सम्पर्क गर्न सक्नुहुन्छ ।
https://www.facebook.com/MPYSN
Good.badhai xa.om