छुटेका कुरा –
युवाहरुद्वारा तयार गरिएको सडक नाटक चुनावदेखि चुनावसम्म आज कार्तिक ७ गते पनि उपत्यकाका विभिन्न स्थानमा पदर्शन गरिएको छ । भक्तपुर वडा नम्बर नं १ को दत्तात्रय मन्दिर डबली र चाँगुनारायण नगरपालिका वडा नम्बर ५ छालिङ गरी भक्तपुरका दुई स्थानमा नाटक प्रस्तुत गरिएको हो । प्रदर्शित नाटकमा स्थानीयको उत्साहाजनक सहभागिता रहेको थियो । नाटक देखाइसकेपछि वडा र स्थानियहरु उत्साहजनक प्रतिक्रिया सहित चिया खाजाको समेत व्यवस्था गरेका थिए ।
यसका साथै भक्तपुरकै विभिन्न वडामा पुनः नाटक प्रदर्शनका लागि युवा कलाकारलाई निम्ता समेत गरिएको कुरा स्थानीय नाट्य समुहका अध्यक्ष लक्ष्मीप्रसाद चवालले जानकारी गराएँ ।
नाटकमा राजनीतिक दलहरुले चुनावअघि बाँडेका आश्वासन र चुनावपछि देखाउने वेवास्तालाई व्यङ्ग्य गरिएको छ । कार्तिक २० गतेबाट प्रदर्शन सुरु गरिएको उक्त नाटक कार्तिक ३० गतेसम्म काठमाडौं उपत्यका र उपत्यका बाहिरका विभिन्न स्थानमा देखाइने तयारी रहेको छ ।
उक्त नाटक आशिस घिमीरे, दिपेन्द्र देभ लगायत साथीहरु मिलेर लेखेका हुन भने गुरुकुलका कुल गुरु सुनिल पोखरेल र १६ औं व्याचका प्रशिक्षार्र्थीहरु मिलेर निर्देशन गरेका हुन । यस नाटकमा एसके शर्मा, भुवन आचार्य, आशिष घिमीरे, कैलाश कुमार कार्की, दिवेन्द्र देभ पौडेल, अनिश बिमली, आकाङ्क्षा क्षेत्री, ज्योती खड्का, पुजा तिवारी, शिक्षा मन्याल, मनोज घिमीरे, बिनीता कोइराला, प्रदिप एडी, जेसिका पोखरेल, माधव भुर्तेल, विष्णु बसौला, जस्टिन बोगटी, सुभान्त घिमीरे र एस बोगटी लगायतका कलाकारको अभिनय रहेको छ ।
यसैगरि एलिजा तुम्बापो, बिजय शाही विश्वास मानन्धरले नाटकको व्यवस्थापन गरेका छन् ।
भिडीयाे तथा तस्वीर –