१७ मङि्सर २०८१ , सोमबार

पुननिर्माणको नाउँमा किन प्राचीन सम्पत्तिको अनुहारै बिगारिन्छ ?

गोरखा

छुटेका कुरा –

गोरखा जिल्लामा रहेको यो ऐतिहासिक दरबार गोरखा सहर भन्दा माथिपट्टी पहाडको थुम्कोमा अवस्थित छ । यस दरबार को पश्चिम दिशामा देवी गोरखकालीको मन्दिर रहेको छ भने त्यहाँ एउटा गुफा पनि छ, जहाँ बाबा गोरखनाथको मुर्ति रहेको छ । नेपाल एकीकरणमा महत्त्वपूर्ण योगदान पुर्याएका राजा पृथ्वी नारायण शाहको जन्मस्थल रहेको यो दरबार नेपालको महत्त्वपुर्ण ऐतिहासिक स्थल भए पनि राजसंस्थाकाे अन्त्यपछि सम्बन्धित निकायको ध्यान पुग्न नसकेको देखिन्छ ।

यसका साथै पुननिर्माण गर्दा यसको अनुहारै बिगारिको दुखेसो स्थानियहरुको गरेका छन् ।

सन् १७२३ मा राजा पृथ्वी नारायण शाहको जन्म गोरखा दरबारमा भएको थियो। गोरखा राज्यको नाम बाबा गोरखनाथको नामबाट राखिएको मानिन्छ। पृथ्वी नारायण शाहलाई राज्य एकीकरण गर्ने प्रेरणा पनि गोरखनाथबाटै मिलेको कथन छ ।

पुरा कुरा भिडियाेमै हेर्नुस् –


Leave a Reply

Your email address will not be published. Required fields are marked *