१७ असोज २०८१ , बिहिबार

अभिभावक विहीन बनेर पढाईमा कठिनाई भोग्दै गरेकी सर्मीलालाई भिजी फाउण्डेसनको सहयोग

सर्मीलालाई भिजी फाउण्डेसनले सहयोग

छुटेका कुरा –

अभिभावक विहीन बनेर आफ्नो पढाईलाई निरन्तरता दिन पत्रीका बेच्ने सर्मीलालाई भिजी फाउण्डेसनले सहयोग गरेको छ ।

चार वर्षअघि आमाको निधन भएको र बुवा नरबहादुर रोकायले पनि दोस्रो बिहे गरेपछि सर्मीला रोकायका दुःखका दिन सुरु भए।

बुवाले नहेरेपछि उनले आफ्नो पढाईलाई निरन्तरता दिनको लागि जाजरकोट सदरमुकाममा पत्रीका बेच्न थालिन । र, आफ्नो पढाईका लागि केही रकम जोहो गर्न सुरु गरिन । अहिले भाडाको घरमा बसेर पढ्दा  कोठाभाडामात्रै मासिक एक हजार खर्चहुन्छ। खाना खर्च, कापी कलम र ट्युसन शुल्क लगायत खर्च जुटाउन उनलाई हम्मेहम्मे परेको छ। पत्रिका बेचेर जम्मा रकमले पुगेन । पैसा नहुँदा कति दिन भोक सहेरै खाली पेट बसेको उनले सुनाइन्। याे कारूणिक अवस्थाबाट बाहिर निकाल्दै बालअधिकार संरक्षकाे लागि भिजी फाउण्डेसनले अग्रसरता देखाएपछि फाउण्डेसनको तर्फबाट स्वदेशी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत राजन मगरले ६ हजार सर्मिलाको बैंक खातामा जम्मा गरिदिएका छन् । र,  मासिक २ हजारका दरले प्रत्यक त्रेमासिक रुपमा ६ हजार रुपैंया एक बर्षसम्म सर्मिलाको पढाई खर्च  गरिने कुरा स्वदेशी लघुवित्तका कार्यसंचालन विभागिय प्रमुख भुबन निरौलाले बताए ।

सर्मीलालाई उज्वल भविश्यकाे शुभकामना ।


Leave a Reply

Your email address will not be published.