०८ असोज २०८० , सोमबार

राष्ट्र बैंकको ५२ अर्ब रुपैयाँ तरलता बजारमा

नेपाल राष्ट्र बैंकले ५२ अर्ब रुपैयाँ तरलता अभाब समाधानकाे लागि बजारमा पठाउने भएको छ। बैंक तथा वित्तीय संस्थाको निवेदन अनुसार राष्ट्र बैंकले पुनकर्जा रकमका रुपमा ५२ अर्ब रुपैयाँ बजारमा पठाउन स्वीकृत गरेको हो।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ९२ अर्ब रुपैयाँ पुन-कर्जा स्वीकृत भएको र उक्त रकममध्ये ५२ अर्ब यसै साता बजारमा पठाउन लागिएको जानकारी दिएका छन्।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई एकमुष्ट रूपमा पुनर्कर्जा उपलब्ध गराएपछि बैंक तथा वित्तीय संस्थाहरूले ग्राहक पहिचान गरी यो ऋण उपलब्ध गराउनेछन्।

Leave a Reply

Your email address will not be published.