२३ भदौ २०८१ , आइतबार

‘चिट चोर्न नदिएको भन्दै आरआर क्याम्पसका विद्यार्थिले कुटे शिक्षक’


 

काठमाडौं ।

चिट चोर्न नदिएको भन्दै काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) का विद्यार्थीले शिक्षकलाई कुटेका छन्।

चिट चोरिरहेको फेला पारेपछि उक्त परिक्षामा गार्ड बसेका शिक्षकले स्नातक तहको आन्तरिक परिक्षा दिइरहेका विद्यार्थी कुवेर जेठारालाई परीक्षा हलबाट बाहिर निकालेका थिए।

परीक्षा सकिएपछि विद्यार्थी जेठाराले आफ्ना अरू साथीहरूलाई पनि क्याम्पसमा बोलाएका थिए। विवाद भएपछि शिक्षक तथा विद्यार्थीबीच सहायक क्याम्पस प्रमुखको कोठामा छलफल पनि गरिएको थियो।
त्यही बेला विवाद हुँदा विद्यार्थी जेठाराले शिक्षक प्रकाश पुडासैनीमाथि कुटपिट गरेका छन्।

विद्यार्थीले पानी पिउन प्रयोग हुने स्टिलको जगले ‘ब्याचलर इन सोसल वर्क’ (बिएसडब्लु) पढाउँदै आएका शिक्षक पुडासैनीको टाउकोमा प्रहार गरेको प्रत्यक्षदर्शी एक शिक्षकले बताए।

प्राध्यापनरत शिक्षकमाथि साङ्घातिक हमला भएकोमा प्राध्यापक संघले ध्यानाकर्षण भएको भन्दै एक विज्ञप्ती समेत निकालेको छ । उक्त विज्ञप्तीमा शिक्षामैत्रि वातावरण निर्माण गर्न र घाइते प्राध्यापकको उपचारको माग गरिएको छ ।

घाइते पुडासैनीलाई उपचारका लागि नजिकैको मोडल अस्पताल लगिएको छ। उनको टाउकोमा सात वटा टाँका लगाइएको छ।
विवादपछि परीक्षा स्थगित गरिएको छ।

 


Leave a Reply

Your email address will not be published.