कौशिक नवराजद्वारा लिखित कथा संग्रह डियर एक्स चाँडै बजारमा आउँदै छ ।
युवा वर्गमा लक्षित कथा संग्रहलाई सिमल पव्लिकेसनले बजारमा ल्याउन लागेको हो । युवाद्वारा लिखित तथा फेष्टिब मुड सुरू हुन लागेकाेले यो कृति युवावर्गको प्रतीक्षाकाे विषय समेत बनेकाे छ ।
दर्शक श्रोताले मन पराए के हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण हो कौशिक नवराजको कृति डियर एक्स भित्रको एउटा कथा । नाम चलेका तथा आफूलाई सेलिब्रेटी साहित्यकार भन्न रुचाउनेहरुका पुस्तक बजारमा बिक्न छाडिरहेको अवस्थामा कौशिकको यो कथा निकै पाठक, स्राेता र दर्शकले रुचाएका छन् । कोरोना कहरको डरले मान्छेहरु आफ्नै घरमा बसिरहेको समयमा यो कृति पाठकको राम्रो साथी बन्ने छ भन्ने कुरा अपेक्षित छ ।
प्रकाशन अघि डियर एक्स भित्रको टाइटल कथा डियर एक्स (डियर एक्सलाई दिएको गिफ्ट) भाइरल बनेको छ ।
५५ हजार देखि ६० हजार हाराहारी शब्द रहेको यस कृतिको मुल्य पनि यस्तै साढे पाँचसय देखि ६ सयको रेन्जमा रहने प्रकाशक र लेखकका विचमा समझदारी भएको छ ।
डियर एक्स कथा संग्रह मूलत निजामती सेवासँगै जोडिएर आउने समाज र यसका पात्रहरुको मनोदशा र मिलन बिछोडका कथाहरु समेटिएको प्रकाशकले जानकारी दिएको छ । यसमा, निजामती क्षेत्रमा रहेर राष्ट्रसेवामा समर्पित कर्मचारीको कामको प्रकृति, जिम्मेवारीसँगै परिवार र समाजले राख्ने अपेक्षा अनि करियरसँगै जोडिएर आउने वृति विकासका साथै प्रेम र बिछोडका घटनाहरुलाई मिहिन ढंगले केलाएर लेखिएको छ ।
लेखक कौशिक स्वयम् निजामती सेवामा आवद्ध कर्मचारी भएको कारण पनि कथामा लेखकले आफूसँगै जोडिएका पात्र र परिवेशलाई गहन ढंगले प्रस्तुत गरेका छन् ।
डियर एक्स कथा संग्रहको मुख्य कथा लेखकले प्रयोगका लागि नेपालमा विभिन्न मिडिया देखि युट्युबहरुलाई समेत प्रदान गरेको र मुख्य कथा धेरै मिडियाहरुमा पपुलर भएको देखिन्छ । यस कथा हालसम्म चारवटा एफएम रेडियोबाट समेत बाचन भएको छ भने दुई भन्दा बढि मिडियाहरुमा प्रकाशन भएको छ ।
करिब दशवटा युट्युब च्यानलहरुमा विभिन्न प्रयोग सहित बाचन भएको देखिन्छ । डियर एक्स कथा हालसम्म धेरै दर्शक र श्रोताले द अन फोल्ड द अन टोल्ड युट्युब च्यानलबाट विनिशा सापकोटाको आवाजमा मन पराएका छन् । जुन च्यानलमा अपलोड भएको भिडियो यो लेख तयार पार्दासम्म २६ हजार दर्शक, श्रोताले भ्युज दिएको देखिन्छ ।
https://www.youtube.com/watch?v=i5OfbaGh-8w&t=619s
यसै गरी कम समयमै धेरै भ्युज आउन सफल अर्को च्यानल हो ग्याट्स बाइ स्टोरी । जसमा अपलोड भएको भिडियो पनि यो लेख तयार पार्दा अर्थात अपलोड भएको सात दिनमा नै सातहजार प्लसले हेरेका छन् ।
https://www.youtube.com/watch?v=C2HHN0Fs3bQ&t=90s
यसैगरी साहित्य सम्बेग नामक च्यानलमा अपलोड भएको भिडियो पनि करिब दुई हजार भन्दा बढिले हेरिसकेका छन् । https://www.youtube.com/watch?v=_6cqcfn_saY&t=86s
यसै गरी कथा नामक च्यानलमा मविन ढुंगानाले बाचन गरी अपलोड गरेको भिडियोमा पनि १३ सय भन्दा बढि भ्युज मिल्न सफल भएको छ । https://www.youtube.com/watch?v=ORXUX4PcnX0&t=8s
यस बाहेक चारपाचँ सय भ्युज मिल्न सफल दर्जन भन्दा बढि युटुयुव च्यानलहरुमा डियर एक्स कथा संग्रहको कथा वाचन गरी अपलोड भएको देखिन्छ ।
डियर एक्स कथा भित्रको टाइटल कथा डियर एक्स एक रियल लभ स्टोरी हो । यो कथा कथाकारले आफू कार्यरत मन्त्रालय अर्थात संचार मन्त्रालयका साथीहरु धुलिखेलमा गुड फ्राइडे मनाउन गएको देखि मन्त्रालयको कामको प्रकृति उल्लेख गर्दै उनलाई रक्सिको मात लागेसँगै उनले आफुसँग जोडिएको विगत कोट्याउदै डियर एक्सलाई सम्झदै कथा अघि बढाउछन् । यो कथा सुरुमा केही मिडियाहरुमा प्रकाशन हुँदा कथाकारसँगै काम गरेका साथीहरुको रियल नाम देखि धुलिखेलको होटलदेखि मन्त्रालयको कोटासम्म हुवहु मिलेको कारण कथामा जोडिएका पात्रहरुले आपत्ती जनाएका थिए । उनीहरुले आपत्ती मात्रै जनाएनन् प्रकाशित कथा संशोधन गर्न वा हटाउन दवाव समेत दिएको कुरा लेखकले बताए ।
यसका साथै कौशिकलाई मन्त्रालयबाट स्पष्टीकरणको धम्की समेत आयो । तर कौशिक विचलित भएनन् । कथा प्रकाशनसँगै साथिहरु विच्चिए तर कौशिकले माफि माग्दा समेत अनेक वहाना गर्न थालेपछि हाल ति साथीहरुसँग कौशिकको सम्बन्ध सुमधुर नरहेको बुझिन्छ । बाहानाले नपुगेपछि कौशिकलाई मन्त्रालयबाट सरुवा गरेर नुवाकोट लखेटिएको स्वयम कौशिकले बताउने गरेका छन् । पछि कौशिकले युट्युबतिर बाचनको लागि दिँदा कथा केही संशोधन गरेको र पात्रहरु पनि परिवर्तन गरेको देखिन्छ । उनले यति गर्दा समेत साथीहरुको सम्बन्धमा हार्दिकता आउन नसकिरहेको अवस्थामा कौशिकलाई सरुवा गरेर नुवाकोट पु¥याए पनि कौशिकले साथिहरुले प्रकाशोन्मुख कृति डियर एक्स गिफ्ट दिने सोच बनाएको कुरा लेखकले बताएका छन् ।
यसरी प्रकाशित हुनु अगावै भाइरल बनेको टाइटल कथा सहित अन्य नौ कथा गरी जम्मा दश कथा समेटेर नेपाली साहित्यमा उदाउन लागेका कौशिकको कृति पाठकले मन पराउने अपेक्षा गर्दै कथाकै कारण उनका साथीहरुसँग विग्रिएको सम्बन्धमा सुधार आउदै निजको फेरी मन्त्रालयमा नै आगमन हुने निजले नेपाली साहित्यमा नयाँ प्रयोग सहितका दर्शक पाठकको मन छुने खालका कथाहरु प्रकाशित गरिरहने अपेक्षा गर्न सकिन्छ ।
किताबभित्र:-
लेखक– कौशिक नवराज
मोडल – कैलाश कुमार कार्की(katsbee), आशा खड्का
आवरण तस्विर– रसिक रुचाल
प्रकाशक– सिमल बुक पव्लिकेशन, थापा गाउँ