२५ असोज २०८१ , शुक्रबार

मृत्युशैयाबाट…


मृत्युशैयाबाट…

पुगेछ भोग हे मेरी आमा पृथ्वी लोकमा
जन्म लिन पाउ फेरि पनि तिम्रै त्यो कोखमा ।

स्वीकार्न सकिन मेरो भागको छोटो यो अवधि
जाँदैछु टाढा पाएर मोक्ष, पुज्दै आफ्नो समाधि ।

सासका मन्द , छोटा लहर गन्दा पो थाहा भयो
अन्तिम बिदाइ माग्न नपाउँदै आत्मा बिदा भयो ।

सुनसान हुँदैछ मेरो अवशान बिना कुनै मलामी
उधारो मरण कस्तो नमिठो , बिना कुनै सलामी ।

पवित्र , निश्चल यो फुललाई ईश्वरले किन गरेनन् जतन ?
ओइलाइ गयो, फक्रिन नपाउदै माटोमै भयो पतन ।

शोक र श्रद्धा , दयाका बोली के गर्नु पुष्प गुच्छाले
सबैले मलाई गुमाए, अनि मलाई मेरा अपुरा इच्छाले ।

सपना केवल सपना नै रहे , मैले केही ढिला गरे कि ?
सफलता करिब थियो होला तर पहिला मै मरि गए नि ।

मृत्युुशैयाबाट जे देखे मैले सत्यता यहि हो
सबैको कल्याण , भलो सोचेको जीवन सहि हो ।

स्पष्टीकरण:
मृत्यु एक प्राकृतिक प्रक्रिया भए पनि कुनै पनि जीवले यसलाई सहजै स्वीकार गर्न मान्दैनन् किन कि मर्न कसैलाई मन हुँदैन । सबैलाई लाग्छ म अजम्बरी हुँ । म मृत्युलाई जितुँ  । म सधैं बाँचु तर यो सब कहाँ उसको हातमा छ र  !
यो कविता पढ्दा वा यसको शीर्षक देखेर मेरा आफन्त, परिवार वा साथीभाइलाई नराम्रो लाग्ला । यो एक सिर्जना मात्रै हो त्यसैले यसलाई सहज रुपमा ग्रहण गरिदिनु होला। र लेखकको काम अरुले व्यक्त गर्न नसकेका कुरा व्यक्त गर्नु हो । तथापि , मृत्युको सुन्दर पक्षलाई भने नकार्न सकिदैन । धन्यवाद ।

Leave a Reply

Your email address will not be published.