१७ मङि्सर २०८१ , सोमबार

मन्डलामा अन्धवेग

फाेटाेमा नाटक

छुटेका कुरा –

“गरुडध्वज र पम्फा विवाहित जोडी हुन् । धनाड्य परिवारका उनीहरुको जीवन राम्रैसँग चलिरहेको हुन्छ । जब उनीहरुको घरमा भानिज भाइ जयविरको प्रवेश हुन्छ तब पम्फाको काम चेतना उम्लेर आउँछ । यही इन्साइटिङ इन्सिडेन्टबाट कथाले गति लिन्छ । त्रिपक्षीय द्वन्दमा घुमेको कथा दुःखमा पुगेर अन्त्य हुन्छ ।”
यो कथा नाटक अन्धवेगको हो ।
प्रवीण खतिवडाको परिकल्पना तथा निर्देशन रहेको नाटक मण्डला नाटक घरमा मिति २०८० फागुन १८ गतेदेखि चैत १८ गतेसम्म मञ्चन हुनेछ ।
नाटकमा अनुप न्यौपाने, प्रमिला खनाल, शारदा अधिकारी, सङ्गीता थापा, सुवास तिमल्सिना, सुन्दर धिताल, सन्तोष गिरी, सन्देश कार्की, बारात लिम्बु, सागर खाती, केशव शाही र रिजन केसीले अभिनय गर्नुभएको छ ।
अन्धवेग आजभन्दा ८४ वर्षअघि वि.सं. १९९६ मा नाट्य सम्राट् बालकृष्ण समले लेख्नुभएको हो । मुटुको व्यथापछि आएको समको दोस्रो दुखान्त नाटकले त्यसबेला निकै चर्चा कमाएको थियो ।
यसले त्यसबेलाको सामाजिक तथा मनोबैज्ञानिक पक्षलाई उजागर गरेको देखिन्छ । मुख्य नारीपात्रबाट उछिट्टिएको झिल्कोले एउटा परिवार समाप्त भएको घटनालाई विभिन्न कोणबाट विश्लेषण गर्न सकिन्छ ।

केही तस्वीरहरू –


Leave a Reply

Your email address will not be published. Required fields are marked *