०६ फागुन २०८२ , बुधबार

रंगमञ्चमा अहिले !

रंगमञ्च

रंगमञ्चमा अहिले :
अहिले उपत्यकाका नाटक घरहरूमा कुनकुन नाटक चलिरहेका छन् ?
यो नाटकप्रेमीको प्रश्नले अहिले पनि मिठै उत्तर भेट्दैछ । उपत्यकाका मुख्य नाटक घरहरु अहिले खाली छैनन्, नयाँ नाटकहरु मञ्चन भैरहेका छन् । यो नाटक प्रेमीहरूको लागि सुखद कुरा हो । निजी बलबाटै यसरी विविध कथाहरु नाटक घरसम्म पुगेका छन् । यद्यपि हाम्रा सामाजिक मूल्य मान्यताहरू र हाम्रा अभ्यासहरू कला साहित्य क्षेत्रका लागि खासै प्रेरणादायी छैनन् ।
अहिले नाटक घरहरूमा लागेका नयाँ नाटकहरूः
१. कौशी थिएटरमा काँचो धागो
कौशी थिएटर टेकुमा मुक्तिद्वारा लिखित तथा आशान्त शर्माद्वारा निर्देशित नाटक ‘काँचो धागो’ मञ्चन भैरहेको छ । यो नाटक यही भाद्र ६ देखि २९ गतेसम्म मञ्चमा रहने छ । मंगलबार बाहेक हरेक साँझ ५ः३० बजे, शनिबार दिउँसो १ बजे चल्ने नाटकमा मुक्ति, आयुश्मा मगर, सागर दाहाल, निशान खत्री, रसिक राज, सम्राट भुजेल, निष्ठा त्रिपाठी, पूर्णिमा आचार्य, मिरा खड्का, कविर काफ्का र कृष राईले अभिनय गरेका छन् ।

२. कुञ्जमा आज कस्को पालो ?
कुञ्ज नाटक घर, नयाँ बानेश्वरमा अहिले हारोल्ड पिन्टरद्वारा लिखित प्रसिद्ध नाटक ‘द डम्ब वेटर’को नेपाली संस्करण ‘अब कस्को पालो ?’ यही भाद्र २० गतेबाट प्रदर्शन भइरहेको छ । आगामी भाद्र २९ गतेसम्म नै प्रदर्शन हुने नाटकको परिकल्पना तथा निर्देशन सतिश प्रसाईले गरेका हुन । नाटकमा सन्दिप डङ्गोल र एडन बत्री र प्रबिन खत्रीको अभिनय रहेको छ । बुधबार बाहेक प्रत्येक दिन साँझ ५ः३० बजे चल्ने नाटककाे शनिबार दिउँसो २ बजे अतिरिक्त सो हुनेछ ।
३. शिल्पीमा सोरठी
बत्तीसपुतलीस्थित शिल्पी थियटरमा भदौ ७ गतेदेखि नाटक ‘सोरठी’ मञ्चन भैरहेको छ । प्रकाशोन्मुख उपन्यासमा आधारित नाटकका लेखक सञ्जय काउछा मगर हुन भने यसको परिकल्पना तथा निर्देशन नाट्यकर्मी संगीता थापाले गरेकी हुन । नाटकमा कलाकारहरुमा – कविता आले, रमिता राई, विशाल पुलामी मगर, रमिला मोक्तान, निश्चल मगर, हेमन्त लामिछाने, गंगा मगर, सञ्जित थुलुङ राई, प्रविण मगर, अस्मिता बुढा मगर, पुनमलक्ष्मी मगर, आरुषजंग सारु मगर, सुनिल राई, मानबहादुर राई र खुसी सुनुवार छन् । भदौ ३० गतेसम्म मञ्चन हुने नाटक मंगलबार बाहेक प्रत्येक दिन साँझ ५ः३० बजे र शनिबार दिउँसो १ बजे पनि अतिरिक्त सो हुनेछ ।
४. मण्डला थियटरमा शिल्पिनी
मण्डला थियटर थापागाउँमा ‘शिल्पिनी’ चलिरहेको छ । श्रीया सिंह र रवी किरणको लेखन रहेको नाटक बेदना राईले निर्देशन गरेकी हुन । भाद्र १५ गतेदेखि १८ गतेसम्म हरेक साँझ ४ बजे भाद्र १९ गतेदेखि २६ गतेसम्म हरेक साँझ ५ः३० बजे, शनिबार दिउँसो १ बजेपनि चल्ने नाटक साेमबार बिदामा रहनेछ । नाटकमा रोशनी कार्की, प्रमिला राई, उमेश सुनाम, सुजेन सिलवालको अभिनय देख्न सकिन्छ ।
५. सर्वनाममा भिक्षाम देहि
मल्लकालिकास्थान, काठमाडौंस्थित सर्वनामा थिएटरमा अशेष मल्लले लेखेको नाटक ‘भिक्षम् देहि’ मञ्चन भैरहेको छ । सर्वनाम २० औं व्याचले निर्देशन गरेको यो नाटक मितव्ययी रंगमञ्चको दर्शन र ध्यानाभिनय सिद्धान्तमा आधारित रहेको भनिएको छ ।
बिहिबार बाहेक हरेक दिन साँझ ५ बजे चल्ने नाटक बिहिबार बिदा हुन्छ भने शनिबार १ बजे अतिरिक्त सो पनि राखिएको छ । यो नाटक भदौ १८ गतेदेखि २४ गतेसम्म मञ्चन हुनेछ ।
६. ओजस थिएटरमा एक चिहान
ओजस थियटरमा भने अहिले नाटक ‘एक चिहान’ मञ्चन हुँदैछ । भाद्र १४ गते बाट २५ गते सम्म मञ्चन हुने यो नाटकको भाद्र १५ गते र २२ गते शनिबार ५ः३० बजे नर्मल शो राखिएको छ । हृदयचन्द्रसिंह प्रधानले लेखेको यो कथाको नाट्य रुपान्तरण एच वि मगर र निर्देशन रविन दोङले गरेका हुन ।

फिल्महलमा अहिले : फिल्महलमा अहिले नेपाली, हिन्दी र अङ्ग्रेजी फिल्महरु चलिरहेका छन् ।
नेपाली– रावायण, देवी, नमेटिने घाउ, घरज्वाईं
हिन्दी –ग्रेटेस्ट अफ अल टाईम(गोट), स्त्री २
अङ्ग्रेजी– बिटलजुस
नयाँ रिलिज हुँदै गरेका फिल्महरु : शाम्भाला, खुस्मा आँखा, सानो संसार, बेउली फ्रम मेघौली, छक्का पञ्जा ५


Leave a Reply

Your email address will not be published. Required fields are marked *