छुटेका कुरा –
कुञ्ज नाटक घरमा साउन ८ गतेबाट नयाँ नाटक मञ्चन हुँदैछ ।
पहिलो आधुनिक कथाकार गुरुप्रसाद मैनालीको कथा कर्तव्यमा आधारित नाटकलाई शंकर पोखरेलले निर्देशन गरेका हुन भने कैलाशले सह–निर्देशनको भूमिका निर्वाह गरेका छन् ।
यस कथालाई लगभग २० जना कलाकारहरुले मञ्चमा उतार्दैछन् ।
यो सामाजिक घटनामा आधारित आदर्शोेन्मुख यथार्थवादी कथा हो ।
कथाका पात्रहरू श्रीधर र मुरलीधर सिङ्गो नेपाली समाजको प्रतिनिधि पात्र हुन् । नेपाली समाजमा दाजुभाइका बिचमा हुने विवाद र मनमुटावलाई मार्मिक ढङ्गले कथाको विषयवस्तुको रूपमा प्रस्तुत गरिएको छ ।
कुकुर अज्ञानी पशु हुनाले बोलाएपछि मात्र जान्छ , मानिस चाहिँ ज्ञानवान् हुनाले बखतमौका विचार गरेर आफैँ पनि जानुपर्छ भन्ने बिचार नै कथाको केन्द्रमा आउँछ ।
कर्तव्य परायण आदर्श समाज निर्माणको परिकल्पना गरिएको नाटक मञ्चमा आउँदा कस्तो देखिने हो त्यो त हेर्न बाँकी नै छ ।
“नाटक छनौट प्रक्रिया गजबको छ । हामी नाटक गर्ने निचोडमा पुग्यौं । तर कुन गर्ने भन्ने अप्ठ्यारो आइप¥यो । तब शंकरजी र मैरो कुरा अनुसार, यस्तो नाटक गर्ने जो सबै खाले दर्शकका लागि उपयुक्त होस् । सबैले इन्जोय गर्न सकुन् । यसरी अन्ततः हामीले यो नाटक छनौट ग¥यौ ।”
कथाका सहायक निर्देशक कैलाशले यसरी आफ्नो कथा भनें ।
यो टोलीलाई अग्रिम सफलताकाे शुभकामना !
– नाटक : कर्तव्य
– स्थान : कुञ्ज नाटक घर थापागाउँ, काठमाडौं
– मिति : २०८१ साउन ८ गतेदेखि २३ गतेसम्म
– समय : साँझ ५ः३० बजे, सोमबार बाहेक
(अतिरिक्त सो शनिबार दिउँसो १ः३) बजे)
नाटक नहेरी केही भन्नु सकिन। सफल मञ्चन काे शुभकामना छ।