लकडाउनसँगै राेकिएका परीक्षाहरू सुरू गर्ने तयारी थालिएकाे छ ।
नेपाल सरकारले गरेको बन्दाबन्दी २०७७/०४/०६ गते मध्यरातदेखि अन्त्य गरेकाले त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को मिति २०७७/४/६ गतेको निर्णय अनुसार रोकीएका तथा अन्य परीक्षाहरु परिस्थिति सहज हुँदै गएमा मिति २०७७ साल भदौ २२ गतेदेखि क्रमशः सञ्चालन गरिने भएको छ ।
यससँगै विद्यार्थीहरुको नियमित पठनपाठन, पुस्तकालय सञ्चालन लगायत नेपाल सरकारले निषेध गरेका कार्यहरु बाहेक अन्य सबै कार्यहरु पनि सञ्चालन छ ।
शिक्षाशास्त्र संकायले आफू मातहत सञ्चालन हुने सेमेस्टर प्रणालिमा आधारित स्नातक र स्नातकोत्तर तह (नियमित तथा आंशिक) परीक्षाहरू असोज पहिलो हप्ता बाट संचालन गर्ने भएकाे छ ।
शिक्षाशास्त्र संकाय-Exam Notice
त्यसैगरी मानविकी तथा सामाजिक शास्त्र संकायकानुसार- यस सङ्काय अन्तर्गत मिति २०७६ साल चैत्र ७ गतेदेखिका सेमेस्टर प्रणालीका स्नातकोत्तर (MA II and IV Semester) र दर्शनाचार्य (M. Phil) तहका स्थगित गरिएका सम्पूर्ण परीक्षाहरू परिस्थिति सहज ह’ँदै गएमा मिति २०७७ साल भदौ २२ गतेदेखि क्रमशः सञ्चालन गरिन छ ।
साथै, स्नातक तहको BCA कार्यक्रम अन्तर्गतकाे पहिलो, तेस्रो र पाँचौ सेमेस्टरका परीक्षाहरू भने २०७७ साल असोज पहिलो हप्ताबाट सञ्चालन गरिने छ ।
मानविकी तथा सामाजिक शास्त्र संकाय-Urgent Notice_2077-4-11