०३ फागुन २०८१ , शनिबार

भारतमा टिकटकमा प्रतिबन्ध किन ?

tiktok is banned in india

छुटेका कुरा-

भारतले विश्वप्रसिद्ध एप टिकटकलाई प्रतिबन्ध लगाएको छ ।

त्यससँगै सेयरइट, यूसी ब्राउजर, लाइक, वीच्याट, र बिगो लाइभ लगाएतका ५९ वटा चाइनिज एप्सहरु भारतमा प्रतिबन्ध लगाइएको कुरा भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सम्बन्धित आईटी मन्त्रालयका अनुसार ति एप्सहरु भारतको सार्वभौमिकता, अखण्डता, सुरक्षा र सार्वजनिक सुव्यवस्थाप्रति खतराकाेरूपमा देखा परिरहेका थिए ।

बिभिन्न रिपोर्टहरूका अनुसार- भारतकासँग सम्बन्धित डाटालाई यि एप्सहरूले अनधिकृतरूपमा भारत बाहिर रहेका सर्भरमा पठाउँदछ । यी तथ्यांकहरूको संकलन, र आदानप्रदान भारतको राष्ट्रिय सुरक्षासको प्रतिकूल छ भनिएकाे छ ।

चिन र भारतको सिमा बिबादको पृष्ठभूमिमा यो भारतीय कदम आएको हो ।  याे सँगै भारतमा चिनियाँ सामान प्रतिबन्ध लगाउन समेत आवाज उठिरहेकाे छ ।

गृह मन्त्रालय अन्तर्गत भारतीय साइबर अपराध समन्वय केन्द्रले आईटी मन्त्रालयले यी  एप्सरहरूलाई रोक्नको लागि विस्तृत सिफारिस नै पठाएकाे थियो।

 

उच्च तहकाे बाक्लाे राजनैतिक भेटघाटपछि पछिल्लाे समय भारत र चिनकाे सम्बन्ध सुधारउन्मुख देखिदै आएकाे थियाे ।

२०१५ देखि २०२० सम्ममा, अलिबाबा, टेंन्सेन्ट, टीआर क्यापिटल र हिलहाउस क्यापिटललगायत चिनियाँ लगानीकर्ताले भारतीय स्टार्ट अपमा ५ अर्ब अमेरीकी डलर लगानी गरेका छन् ।

अब उनिहरू बिचकाे बिबाद र यसकाे प्रभाव भने कसरी, कहाँसम्म पुग्ने हाे त्याे भने हेर्न बाकी नै छ ।

टिकटकसँगै प्रतिबन्धित अन्य एपहरू-

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *