१६ फागुन २०७७ , आइतबार

उर्जाशिल प्रतिक्रियाले हामीलाइ हौस्याएको छ – अफ्रिका एशीया युथ फाउन्डेशन नेपाल

अफ्रिका एशीया युथ फाउन्डेशन

“युवा अवस्था जीवनको कुनै एउटा निश्चित समयावधि मात्र होईन; यो त दिमागी अवस्था हो ।”

अफ्रिका एशीया युथ फाउन्डेशन नेपालले युवा अवस्था विकासका लागि एक हप्ता लामो (मंसिर १४-२०) युवा सशक्तिकरण तालिम सम्पन्र गरेको छ ।

संस्थाका नेपाल प्रमुख सविन खरेलका अनुसार – “निराशा र तनाव बढ्दै गइरहेको यो बेला युवाहरुलाई पहिले भन्दा बढि प्रेरणा र सशक्तिकरणको आवश्यकता महसुस गरेपछि हामीले यो कार्यक्रम आयोजना गर्ने जमर्काे गरेका थियौ । म कार्यक्रममा सहभागी, आयोजक टिमका साथीहरू, सहजकर्ता र सातै दिनका प्रशिक्षकहर- सुलभ राज उप्रेती, अम्रीत गीरी, अशोक भुजेल, डा. अमोद डोम्जोन, देविका बुढाथोकी, सन्दिप पोखरेल, विजय गौतम, पिताम्बर भण्डारी र महेस बावु तिमल्सिनाप्रति धेरै नै आभारी छु ।

उत्साहजनक सहभागिता र सहभागीहरूको उर्जाशिल प्रतिक्रियाले हामीलाइ हौस्याएको छ । आगामी दिनमा अझ्रै विशेष कार्यक्रमहरू आयोजना गर्नेछौ । ”

प्रशिक्षणको पुरा भिडियो हेर्नुस ।

DAY ONE – TIME MANAGEMENT AND HABIT SHAPING

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *