छुटेका कुरा–
२०७७ मंसिर २२ गते सोमबार, काठमाडाैं – महिला सुरक्षा दबाब समूह नेपालको नेपाली महिलाको ऐतिहासिक आन्दोलन एक शताब्दी नामक पुस्तक लोकार्पण भएको छ ।
घोष्ट राइटिड नेपालको प्रकासन ब्यवस्थापनमा तयार भएको पुस्तकलाई वरिष्ट पत्रकार टंक पन्तले सम्पादन गरेका हुन् ।
उक्त कार्यक्रम भर्चुअल्ली जुम तथा प्रत्यक्ष रुपमा कुन्ज नाटक घरको हलमा सम्पन्न भएको थियो ।
नेपाली महिलाले समाजको विभिन्न क्षेत्रमा योगदान पुर्याएको योगदान समेटिएको यो किताब खोज अनुसन्धान गर्ने भावी पुस्ताको निम्ति महत्त्वपूर्ण स्रोत समेत हुने विश्वास लिइएकाे छ ।