नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी पारस खड्का आइसीसी एसोसिएट प्लेयर अफ द डिकेडको मनोनयमा परेका छन् ।
अन्तराष्ट्रिय क्रिकेट परिषद आइसीसीले आज सार्वजनिक गरेको दशक यताकै उत्कृष्ट खेलाडीको मनोनयमा एसोसिएट तर्फका पारस सहित अन्य देशका पांच खेलाडी समावेश छन् । मनोनयनमा परेका अन्य खेलाडीमा स्कटल्यान्डका काइल कोट्जर, क्यालम म्याकलोएड र रिची बोरिङटन , पपुवा न्युगिनीका अशद भाला र नेदरल्यान्डसका पिटर बोरेन छन् ।
आइसीसीले सन २०१० देखी २०२० सम्म अन्तराष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाइ विभिन्न शीर्षकमा प्लेयर अफ द डिकेड अवार्ड प्रदान गर्न लागेको हो । अवार्डको विस्तृत विवरण भने नआइसकेको भएपनि अनलाई मतदानको माध्यमबाट विजेता छनोट गरिने छ । सन २००४ मा राट्रिय टिममा डेब्यु गरका खड्का सर्बाधिक सफल कप्तान हुन् । उनले सन् २००९ देखि २०१९ राट्रिय टिम सम्हालेका थिए । सन् २०१४ टि ट्वान्टी विश्वकप र एकदिबशिय अन्तराट्रिय खेलमा मान्यता प्राप्त गर्दैगर्दा पनि उनिनै नेपाली टालीका कप्तान थिए ।
भाेट गर्ने तरिका –
१. तल दिइएकाे लिङ्कमा क्लिक गर्नुहाेस ।
https://www.icc-cricket.com/awards/awards-of-the-decade/mens-associate-player-of-the-decade
२. VOTE ! मा क्लिक गर्नुहाेस ।
३. नाम र इमेल टाइप गर्नुहाेस र I AGREE भन्ने बाकसमा टिक लगाएर सबमिट गनुर्नुहाेस ।
यसरी भाेट गरिसकेपछि VOTE CONFIRMED भनेर देखाउनेछ ।