०७ फागुन २०८१ , बुधबार

मृत्युपछि तपाईंको फेसबुक स्मारक बनेर रहिरहन् सक्छ ?

What happens to your Facebook account on your passing?

छुटेका कुरा –

तपाईको फेसबुकका साथीहरु धेरैको मृत्यु भईसकेको हुनसक्छ ।

मृत्युपछि पनि कहिलेकाहिं आफन्त र प्रियपात्रहरुलाई देख्न र सम्झन मन लाग्छ । कति मानिसहरु त परकै भएपनि उनिहरुको काम अरुको लागि प्रेरणाका स्रोत बनिरहेका हुन्छन् । यस्तो मान्छेलाई पनि मृत्युपछि बिस्तारै बिर्सिदै जान्छ हाम्रो मस्तिष्कले । तर पनि कहिलेकाहिं त्यस्ता मान्छेहरुलाई सम्झिदै उनिहरुले लेखेको कुरा पढ्न मनलाग्छ ।

तपाई स्वयम लाई पनि लाग्नसक्छ, के म मरेपछि मेरा साथीभाई नातेदारले मलाई सम्झन सक्छन ?

के मलाई फेसबुकमा हेर्न सक्छन ? के फेसबुक प्रोफाइल मेरा मान्छेहरुको लागि स्मारक बनेर रहिरहन सक्छ ?

फेसबुकले यसैसँग सम्बन्धित केही अप्सन दिन्छ । ता कि तपाई मरेपछि तपाईले कुनै एउटा लिगेसी एकाउन्टले तपाईको मृत्युपछिको  अकाउन्टलाइ हेरबिचार गर्न सकाेस ।

अर्काे विकल्प भनेकाे तपाइले सधैका लागि आफ्नो अकाउन्टलाइ मेटाउन पनि सक्नुहुन्छ ।
यदि तपाईले आफ्नो खाता स्थायी रुपमा मेटाउने बिकल्प (अप्सन) छनोट गर्नुभएको छैन भने, यो स्वत स्मारक हुनेछ ।
यसरी तपाईको खाता मृत्युपछि के हुने भन्ने कुराको निर्धारण गर्न सेटिङमा तीन वटा मध्य एउटा अप्सन छनोट गर्न सकिन्छ ।

१. तपाईको अकाउण्टकाे सेटिङ्ग नचलाउने ।

यसाे गर्दा तपाइकाे अकाउण्ट स्वतः स्मारक हुनेछ, रहिरहनेछ ।

२. लिगेसी अकाउण्ट छनोट गर्ने ।

यसमा तपाईले एउटा साथीको एकाउटण्टलाई आफ्नो लिगेसी खाताको रुपमा छनोट गर्न सक्नुहुन्छ । जसले तपाईको पोस्ट हेर्न सक्छ र टाईमलाईनमा कसले श्रद्धाञ्जली दिन सक्छ भन्ने कुराको निर्धारण पनि गर्न सक्छ ।
त्यो साथीले तपाईंको अकाउण्टलाई आफ्नै प्रोफाइललाई जस्तो साथीहरु एड गर्न, हटाउन वा म्यासेज पढ्ने काम गर्न भने सक्दैन ।
यदि तपाईहरु दुबैजनाको सँगै मृत्यु भयो भने चाहिं तपाईको अकाउण्ट के हुनेछ भनेर फेसबुकले भनेको छैन ।

३. मृत्यु पछि अकाउण्ट मेटाउने

याे बिकल्प छनाेट गर्दा मृत्युपछि फेसबुक खाता कसैले हेर्न नसक्ने गरि सधैकाे लागि मेटिन्छ ।

यसको सेटिङ्ग गर्नका लागि निम्न कुराहरु पछ्याउनुहोस –

–तपाईको प्रोफाइलमा जानुहोस र देब्रतिरको सिरानमा रहेको तीनवटा धर्सा एकै ठाउँमा भएको बिकल्पमा थिच्नुहोस ।
–त्यसपछि टाइमलाइन सेटिङ्गमा ( Timeline setting ) जानुहोस ।
–सेटिङ्ग एण्ड प्राइभेसीमा (Setting and privacy) अथवा जेनेरल सेटिमा (General setting) जानुहोस (फोनमा भए – योर फेसबुक इन्फरमेसन,             Your Facebook information)
– अकाउण्ट एण्ड अनरशिप (Account and ownership)
–मेमोराईजेशन् सेटिङ्ग (Memorization setting) प्रवेश गर्नुहोस् ।
  त्यहाँ पुगेपछि भएका बिकल्पहरु आफ्नो मर्जि अनुसार छनोट गर्नसक्नुहुनेछ ।

सुन्दै हेर्नुस ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *