२३ भदौ २०८१ , आइतबार

युरोपे तर्फ श्रम स्वीकृति जारी हुँदै, खाडी मुलुक कहिले खुल्ला ?

श्रम स्वीकृति
Nepali Passport

छुटेका कुरा-


नेपाल सरकारले यहि भाद्र १७ गतेबाट नयाँ श्रम स्वीकृति खुलाएको छ ।

अहिले रोमानिया तथा पोल्यान्ड जस्ता युरोपेली देशहरुका लागि व्यक्तिगत पहलमा श्रमिक भिसा ल्याउनेहरुका निम्ति श्रम स्वीकृति जारी हुँदैछ ।
तर, यता खाडी मुलुक, मलेसिया लगायतका विदेशी कम्पनीमा नयाँ प्रक्रियामार्फत व्यवसायिक म्यानपावर कम्पनीहरुबाट श्रमिक लैजाने गरि संस्थागत श्रम स्वीकृति लिने काम भने अझै सुरु भएको छैन् ।

मुख्य श्रम गन्तब्य मानिएका मुलुकहरुले अहिले सम्म पनि नयाँ श्रमिक लैजाने प्रक्रिया खुलाएका गरेको छैनन् । व्यक्तिगत पहलमा नै भिसा ल्याएर नयाँ श्रम स्वीकति लिनेहरुको संख्या सीमित छ ।

व्यवसायिक म्यानपावर कम्पनीहरुले नयाँ श्रम स्वीकृति लिने गरी वैदेशिक रोजगार विभागमा कागजात नल्याएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले बताए ।


पहिलेनै वैदेशिक रोजगारमा गएर हाल सोही कम्पनीमा फर्किनेहरुको निम्ति पुन:श्रम स्वकृतिको काम भने भइरहेको छ ।


मलेसिया र खाडीका देशमा कोरोना महामारीको नियनत्रित ब्यबस्थापन प्रक्रिया अघि बढदै छ । यता, नेपाल सरकारले नियमित उडान खुला गरेको छ । यसलाई आधार बनाएर स्वदेशमा रोजगारी नपाएर छट्पटाइरहेका नेपाली युवामा दशैंपछि म्यानपावर मार्फत विदेश जान सहज बन्छ भन्ने ठुलो अपेक्षा छ ।


Leave a Reply

Your email address will not be published.