छुटेका कुरा-
गत चैत्र देखि कोरोना महामारीले थालिएका धेरैजसो व्यवसायहरु तंग्रदै गएपनि फिल्म क्षेत्र अझै चिर निद्रामा छ। चलचित्र क्षेत्र लकडाउनको चपेटामा परेको ६ महिना टेकेको छ भन्दा फरक नपर्ला।
फिल्म कहिलेदेखि सुचारु हुने भन्ने चिन्ता र जिज्ञासा आम दर्शक हुदै हल मात्र नभएर निर्माता, प्राविधिक तथा कलाकार लगायत सबैमा बढिरहेको छ ।
सरकारले तोकेको मापदण्ड पुरा गरेर मात्र चल्नुपर्ने भएकाले फिल्म क्षेत्र पुर्बवत अवस्थामा फर्कने मिति नै चाहिँ तोक्न सक्ने स्थिति बनिनसकेको बताउँछन् चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल ।
चलचित्र संघका महासचिव अशोक शर्माको बुझाइ यस्तो रहेको छ, ‘फिल्म हलमा भन्दा बढी मान्छेको चहलपहल हुने ठाउँ खुलिसके। अनि हल नखोल्नु को कुनै औचित्य देखिन्न। हल सञ्चालनमा किन रोक लगाइरहेको भन्नेमा सरकारी नीति नै अस्पष्ट लाग्छ।’
सरकारले अधिकंश निजि तथा सार्बजनिक क्षेत्रहरु संचालन गर्ने अनुमती दिएपनि चलचित्र क्षेत्रका लागि कुनै निर्णय गरेको छैन ।
चलचित्र क्षेत्रका प्रतिनिधि संस्थाका तर्फबाट चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान लगायतले बुधबार सी.सी.एम.सी.को टिमसँग भेटघाट गरेका छन् ।
सी.सी.एम.सी.सँगको छलफलमा प्रतिनिधिहरुले चलचित्र क्षेत्र पुन सुचारु गर्नका लागि आग्रह गरेको गरेका छन् ।
यसै बीच, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव, हल सञ्चालनमा आउने कुरामा आशावादी रहेको बताएका छन् । उनले भने, परिस्थिति अनुकूल रहेमा दसैंपछि हल खुल्न सक्छ ।