०७ असोज २०७७ , बुधबार

राष्ट्रकवि माधवप्रसाद घिमिरेकाे १ सय १ वर्षमा निधन

रहेनन् राष्ट्रकवि माधवप्रसाद घिमिरे

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ।

 

१ सय १ वर्षको उमेरमा आज मंगलबार अपराह्न करिब साढे ५ बजेतिर आफ्नै घरमा घिमिरेको निधन भएको उनका परिवारले जनाएकाे छ ।

श्वासपश्वासमा समस्या देखिएपछि विगत चार महिनादेखि अक्सिजन दिएर घरमै उपचार गरिदै थियो । केही समय अस्पतालको उपचारपश्चात हाल उहाँको इच्छा अनुसार घरमै निगरानीमा राखेर उपचार गरिएको थियो ।

भोलि बुधबार अन्त्यष्टि गर्ने तयारी गरिएकाे उनकाेअन्त्येष्टिको सम्पूर्ण जिम्मेवारी नेपाली सेनाले लिएको जनाईएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *