१७ असोज २०८१ , बिहिबार

एनसेलमा सर्वसाधरणले लगानी गर्ने बाटाे खुल्याे

Ncell is now public company

छुटेका कुरा-

निजी कम्पनी एनसेल अब एक सार्वजनिक कम्पनीमा परिणत भएको छ ।

यससँगै, एनसेल प्रा.लि. अब एनसेल एक्सियाटा लिमिटेडमा रूपान्तरित भएकाे छ ।

सार्वजनिक कम्पनीमा रूपान्तरण भएपछि कम्पनीहरूले सर्वसाधरणकाे लागि शेयर जारी गर्नुपर्छ। यस परिवर्तनको साथ, कम्पनीले निकट भविष्यमा सर्वसाधारणको लागि आईपीओ जारी गर्नुपर्नेछ।

कम्पनी ऐनमा भएको नयाँ व्यवस्थाअनुसार ५ करोड बढी चुक्ता पुँजी भएका दूरसञ्चार कम्पनीहरू अनिवार्य रूपमा पब्लिक कम्पनीमा परिवर्तन हुनुपर्छ । एनसेलको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ।

सेयर लगानीकर्ताहरू यस समाचारबट उत्सहित छन्। विवादहरूको बावजुद, यो एक धेरै नाफामा गएकाे कम्पनी हो। एनसेल आर्थीक वर्ष २०७६/७७ को सबैभन्दा बढी कर तिर्ने कम्पनी पनि हो।

यो पहिले मेरो मोबाइलको रूपमा संचालित भयो। पछि मलेसियाको अक्षियता समूहले कम्पनी लिएपछि एनसेलको रूपमा लोकप्रिय भयो।

१ करोड ६० लाख  प्रयाेगकर्ता भएकाे एनसेलकाे कमाइ लाेभलाग्दाे रहेकाे छ ।

के तपार्इ याे कम्पनीद्वारा जारी गरिने शेयरमा लगानी गर्न तयार हुनुहुन्छ ?

 


Leave a Reply

Your email address will not be published.