काठमाडौं, १५ जेठ-
नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट सङ्घीय संसद्मा सार्वजनिक गरेको छ ।
सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले-१४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् ।
याे बजेट चालु आर्थिक वर्ष २०७६/७७ काे भन्दा ५७ अर्व ३२ करोड ९१ लाख रुपैयाँले कम हाे। चालु आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट ल्याएको थियो ।
आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ४८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको हाे ।
बजेटमा, राजस्वबाट ८ खर्ब ८९ अर्ब रुपैयाँ, वैदेशिक अनुदानबाट ६० अर्ब, वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब रुपैयाँ जुटाइने अर्थमन्त्री खतिवडाले बताएका छन् ।
आन्तरिक ऋणबाट पनि २ खर्ब २५ अर्ब रुपैयाँ उठाउने बताइएकाे छ ।
अर्थमन्त्री डा.युवराज खतिवडाले आज सङ्घीय संसदकाे संयुक्त बैठकमा आगामी आर्थिक वर्षकाे बजेट प्रस्तुत गर्दै साे कुरा जानकारी दिनुभएकाे हाे ।
सरकारको नयाँ आर्थिक वर्षको आय र व्ययको विवरण बजेट जेठ १५ गते संसद्को संयुक्त सदनमा प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार याे बजेट अाएकाे हाे ।
बिहीबार सदनमा प्रस्तुत हुने बजेट २६ गतेसम्म पारित गरिसक्ने तयारी संसद् सचिवालयको छ ।
बजेटकाे पूर्ण पाठकाे लागि यहाँ जानुहाेस ।