अफ्रिका एशीया युथ फाउन्डेशनले लकडाउनको समयमा पनि निकै निकै प्रशंसनीय कामहरु गरिरहेको छ ।
। एशीया र अफ्रिकाका यूवाहरु र उनिहरु विचको सहयोग आदान प्रदान गर्न र दिगो विकाशका लक्षहरु प्राप्त गर्न सहयोगी भुमिका निर्वाह गर्ने उदेश्य सहित खुलेको यो संस्थाले बन्दाबन्दीको समयमा पनि बिभिन्न सिर्जनात्मक कामहरु गरिरहेको छ ।
अफ्रिका एशीया युथ फाउन्डेशनको नेपाल र इन्डोनेशियाको सहयोगमा, यो संस्थाले भर्खरै मात्र नेपाली र इन्डोनेशियन यूवाहरुलाई इन्टरनेटको माध्यमबाट संस्कृतिको आधानप्रधान गर्ने अवसर जुटाएको हो । जुन कार्यक्रम वैशाख २८, २०७६ र जेठ ४, २०७६ मा दुइदिनसम्म सन्चालन भएकाे थियाे ।
नेपालबाट ५ र इन्डोनेशियाबाट ५ जनाले आफ्नो प्रस्तुती मार्फत आफ्नो संस्कृति चिनाउने प्रयास गरेका थिए । जहाँ ६ वटा बिषयबस्तुमाथी समलोचनात्मक बहस गरिएको थियो । कार्यक्रममा अतिथी रहनुभएका त्रिभुवन विश्वविध्यालयका उप प्रध्यापक ऋषीराम घिमीरेले युवाहरुको यस किसीमका कार्यक्रमले आफुलाई खुसी बनाएको बताउनु भयो ।उहाँले भन्नुभयो यस किसीमका कार्यक्रमहरुले अन्तरदेशिय भावनात्मक दुरी घटाउने, ज्ञानको दायरा र सहयोग बढाउछ । त्यससँगै उहाँले सबैलाई आफ्नो संस्कृतिको सम्मान र संरक्षण गर्न पनि जोड दिनुभयो ।
कार्यक्रमका प्रस्तुतिहरुमा नेपालका तर्फबाट- सलीना रिमाल, रोसनी पाण्डे, राजकुमार कोइराला, सेलेस्का शर्मा, किरण तीवारी रहनु भएको थियो भने इन्डोनेशियाका तर्फबाट- मार्डिनावती, रेनिता फेवरियाना, मीस केजीया, इरफान र एन्टाेनी रहनु भएको थियो ।
नेपाल कन्ट्री डिरेक्टर सविन खरेल र इन्डोनेशीयाका फेर्गा अरिस्तामाले संस्कृति आदान प्रदान गर्ने कार्यक्रम इन्टरनेटमा मात्र सिमित नभइ प्रत्यक्ष रुपमा कार्यक्रम पनि गर्न सकिने वातावरण चाडै सिर्जना हनसक्ने बताउनु भयो ।
सोही संस्थाको संस्कृति विभाग हेरिरहनुभएका कैलाश कुमार कार्कीले कार्यक्रमले धेरै कुराहरु सिकाएको र आफूहरु अन्य कार्यक्रमहरुको लागि समेत तयारी गरिरहेको बताउनु भयो ।