१७ मङि्सर २०८१ , सोमबार

सरकारले नयाँ नक्सा जारी गर्याे, जनतामा खुसी छायाे

New political map of Nepal

५ जेठ, काठमाडौँ–

नेपाल सरकारको सोमवार बसेके बैठकले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नेपालको नयाँ नक्सा जारी गरेको छ।

सोमवार साँझ आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ मन्त्री समेत रहेका युवराज खतिवडाले उक्त नक्सालाई अब सरकारी कामकाजमा प्रयाेग गरिने बताए।

https://www.facebook.com/HimalayaTV/videos/1860409317423096/?from=bookmark

 

शुक्रवार संसदमा सरकारको नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भारतसँग वार्ता गरी नेपाली भूमि फिर्ता ल्याउन सरकारकाे तयारी रहेकाे बताएकी थिइन्।

त्यसपछि, प्रधानमन्त्रीले नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको जवाफ दिनुअघि मन्त्रिपरिषद्को बैठकले नेपालले बिवादमा रहेकाे अाफ्नाे भूमि समेटिएको नक्सा अनुमोदन गरेको हो।

याे नक्सा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तयार गरेपछि मन्त्रिपरिषद्ले अनुमोदन गरेको बताइएको छ ।

भारतले गत नोभेम्बरमा जारी गरेको आफ्नो नयाँ नक्सामा नेपाली भूभाग समेटेको थियो । नेपाली भूमि हुँदै चीन जाने सडक निर्माण गरेपछि त्यसको नेपालमा विरोध भइरहेकाे थियाे ।

सरकारले नीति तथा कार्यक्रममै अतिक्रमित भूमिसहितको नक्सा जारी गर्ने घोषणा कार्यन्वयन गर्न गरेकाे प्रयासकाे प्रशंसा समेत पाएकाे छ भने यसको सफल कार्यन्वयन कसरी गर्ने हाे भन्ने जीज्ञासा पनि जीवित रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *