१९ मङि्सर २०७७ , शुक्रबार

नेपाली युवा दिवेश अमेरिकी आइडलको शीर्ष १० मा – भिडियो सहित

American Idol

काठमाडौं-

नेपालका २१ वर्षीय दिवेश पोखरेलले २१ औं अमेरिकी आइडल २०२० को शीर्ष १० स्थानमा प्रवेश गरेका छन्।

उनले आइतबार साँझ दिएको प्रस्तुतीमा लियोनल लगाएतका निर्णाएकहरूले उनकाे उच्च प्रशंसा गरे ।

अनलाइन मतदान परिणाम घोषणा भएपछि उनी शीर्ष १० प्रतिस्पर्धीको रूपमा चयन भए। उनलार्इ टप ५ काे दाबेदारकाे रूपमा पनि हेरिएकाे छ ।

आफ्नो फेसबुक पोस्टमा, पोखरेलले सबैलाई शुरूबाट नै सहयोग गरेकोमा धन्यवाद दिए।

उनले लेखे,

“सुरूदेखि नै मलाई सहयोग गरेकोमा सबैलाई धन्यवाद। शब्दहरूले मात्र ब्याख्या गर्दैनन् म संसारभरिबाट पाएकाे यस विशाल समर्थनलाई कदर गर्छु। मतदानको लागि धन्यबाद! यहाँ उभिन पाउनु र तपाइहरूकाे खुल्ला कानहरू मेरो छेउमा पाउनु, यो कुनै सपना भन्दा परेको छ। मैले धेरै राम्रा संगीतकारहरू, कलाकारहरू, सडकमा खेलिरहेको, केही कानहरूसहित खाली हलहरू, र यस्तै अरू धेरै देखेको छु। म तपाईं सबैको लागि गाउन र मेराे आवाज सुनाउन पाउदा गाैरव महसुस गर्छु। म राम्राे गर्नकाे लागि उत्साहित छु। ”

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *