२० साउन २०७७ , मङ्गलबार

अलविदा इरफान खान

Good bye Irfan khan

इरफान खानले आज ५३ वर्षकाे उमेरमा याे संसारबाट विदा लिएका छन् ।

उनकाे अन्तिम सन्देश-

सन् २०१८ मा उनलाई न्यूरोएन्डोक्राइन दुर्लभ ट्यूमर पत्ता लागेको थियो ।  २८ अप्रिल २०२० मा मुम्बईको कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा भर्ना गरिएको थियो । जहाँ उनीकाे कोलन इन्फेक्सनको लागि उपचार भइरहेको थियो। त्यसको भोलिपल्ट आज २९ अप्रिल,  ५३ वर्षकाे उमेरमा उनकाे मृत्यु भयो। उनको निधनको समाचार निर्देशक सुजित सरकारले ट्वीटबाट दिएका हुन्।

गत शनिबार उनकी आमाको पनि निधन भएको थियो।

खानको जन्म सन् १९६७ मा राजस्थान, भारतकाे एक मुस्लिम परिवारमा भएको थियो। खानकी आमा, बेगम खान, टोंक हकीम परिवारकी थिइन् । र उनका बुबा स्वर्गीय जगीदार खान टोंक जिल्ला नजिकैको खजुरिया गाउँका थिए र टायरको व्यवसाय चलाउँथे।

नाटक हुदै पफिल्ममा अाएका उनि मुख्य रूपले हिन्दी सिनेमामा काम गर्नका साथै ब्रिटिश फिल्म र हलिवुडमा उनको कामका लागि पनि परिचित थिए।

करीव ३० बर्षको फिल्म करीयरकाे अवधिमा उनले  ५० भन्दा बढी घरेलु फिल्महरूमा अभिनय गर्दै, राष्ट्रिय फिल्म पुरस्कार र फिल्मफेयर पुरस्कार सहित धेरै पुरस्कारहरू प्राप्त गरेका थिएँ । फिल्म आलोचक, समकालीनहरू र अन्य विज्ञहरूले उनलाई बहुमुखी र प्राकृतिक अभिनयका लागि भारतीय सिनेमामा एक उत्कृष्ट कलाकारको रूपमा लिन्छन्। २०११ मा, उनले कलाको क्षेत्रमा योगदान पुर्‍याएकोमा भारतको चौथो सर्वोच्च नागरिक सम्मान पद्मश्रीबाट सम्मानित गरियो।

उनले सलाम बम्बे, मक्बुल, पानसिंङ तोमार, द लञ्च बक्स, पिकु, तलबार, हिन्दी मिडियमजस्ता चर्चित सिनेमामा अभिनय गरेका थिए भने मिलियनेयर , जुरासिक वर्ल्ड, अमेजिंग स्पाइडर म्यान, लाइफ अफ पाइ , जुरासिक वर्ल्ड र इन्फर्नो  जस्ता अन्तर्राष्ट्रिय हिट सिनेमामा काम गरेका थिए जसले विश्वव्यापी बक्स अफिसमा अर्बाै कमाए।

#अलविदा 🙏🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *