काठमाडौं-
कोरोना भाइरसबाट आजसम्म विश्वमा ६२,७८,६०६ संक्रमित र ३,७४,१९८ जनाको मृत्यु भइसकेको छ । यसै कहरको कारण संसार बन्दाबन्दीमा डुविरहेको छ भने आर्थीक मन्दी आउने प्रष्ट नै छ ।
उदाहरणको लागि अमेरीका जस्तो शक्तिशाली मानिने मुलुकको थला पर्दैगरेको अर्थतन्त्रलाई लिन सकिन्छ ।
तर अर्कातिर यही मन्दी कसैको लागि अर्बपति बन्ने अबसर बनेको छ ।
कुनैबेला अमेरीकाले आठ पटक सम्म भिजा नदिएका एरिक युआनले बनाएको जुम एप भने यतिबेला संसारभरी प्रसिद्ध भइरहेको छ । उनले बनाएको जुम सफ्टवयरले तीन महिनामा लगभग चार अर्व अमेरीकी डलर कमाएको छ (Apr 2, 2020 ) । यो आम्दानीको दर गुणात्मक हिसाबले बढीरहेको सहज अनुमान लगाउन सकिन्छ ।
हाइलाईटस्:
• जुमका संस्थापक एरिक युआन चीनमा जन्मिएका हुन । उनि आफ्नो भाग्य परीक्षण गर्न सन् १९९७ मा युएसमा गएका थिए ।
• भिडीयो संबेलन जूम टेक्नोलोजीका संस्थापकले नौ वर्षको अबधिमा ३५ अर्ब अमेरीकी डलरको सम्राज्य निर्माण गरे ।
•सम्भाबना र सुरक्षाकाे कुरा ।
याे लेखलाई भिडीयाेमा हेर्न र सुन्न यहाँ क्लिक गर्नुहाेस र पढ्नलाइ भने तल सार्नुहाेस ।

यआजभन्दा ४९ वर्ष अगाडी चीनको शेन्डोंग प्रदेशमा जन्मिएका हुन । उनका बुवा आमा खानी इन्जिनियरका रुपमा काम गर्थे ।
युआनले गणितमा स्नातक र यन्जिनियरिगमा मास्टर डिग्री गरे । स्नातक पछि ४ वर्ष जापानमा काम गरे ।
सन् १९९० मा उनले बिलगेट्सले इन्टरनेटको दिएको भाषण सुनेका थिए । उत्त भाषणमा इन्टरनेटको भविष्यकाे बारेमा कुरा गरिएको थियो । उनि त्यसबेला आफ्नै देश चीनमा थिए । त्यस भाषणले २० युआनको मस्तिष्कमा गहिरो छाप छोड्याे। त्यससँगै, इन्टरनेटकै क्षेत्रमा काम गर्नको लागि उनी क्यालिफोर्नियाको सिलिकन भ्याली छिर्ने निधो गरे । तर यो सपना पुरा गर्न त्यत्ति सजिलो थिएन ।
सपनाको संसार अमेरीका सवार हुदै गर्दा उनको उमेर २७ वर्षको थियो । उसको अंग्रेजी पनि खासै राम्रो थिएँन; उनी निकै कम बोल्ने गर्थे । त्यसबेला उनले आफ्नो पुरै ध्यान आफ्नै काममा केन्द्रित गरे । साहेद बाध्यता पनि थियो त्यो । उनले सुरुमा अाेयव एक्स भिडीयो कन्फेरेन्सीग सफ्ठयर कम्पनीमा कम्प्युटरमा कोड लेख्ने काम पाए । जसलाई एकदशकपछि सिस्को नामको कम्पनीले ३.२ अर्ब अमेरीकी डलरमा किन्यो र उनी सोही कम्पनीको इन्जिनियरिगको क्षेत्रको उपाध्यक्ष बने । उनको त्यसबेलाको तलब छ अंकसम्म पुगेको थियो । उनले कम्पनी भित्रै रहेर धेरै कुराहरु नियाल्ने अबसर पाए । कम्पनीले ग्राहकहरुलाई दिइरहेको सुविधाप्रति उनी सन्तुष्ट हुन सकिरहेका थिएनन्केर । त्यसैबेला उनको दिमागमा जुमको आइडिया आयो । जसको मान्यता- उपभोत्तालाई खुसी बनाउन सक्नुपर्छ भन्ने थियो ।
अन्ततः २०११ मा उनले जुम नामको आफ्नै नयाँ उद्यम सुरु गर्ने महत्वपूर्ण निर्णय लिए । सिस्कोका ४० भन्दा धेरै इन्जिनियरहरुले उनको सुरूवाती अबधीमा साथ दिए । परिणामस्परुप २०१२ मा जुम एप्लीकेशन सुरु भयो । सुरुवातमा यसले स्काइप, गुगल र सिस्कोकोसँगको प्रतिस्पर्धा गर्नुपर्यो । उनिहरुको बजारमा पहिले देखिनै उपस्थिति थियो । जे होस्, दुइवर्ष पछि ४० लाख ब्यत्तिगत प्रयोगकर्ताहरुले जुमको प्रयोग गर्न थाले ।
सुरुवातमा, जुमले निशुल्क सुविधा दियो ।
चाखलाग्दो कुरा के छ भने, जुमले अझै पनि निशुल्क सेवा पनि प्रदान गर्दछ । तर ४० मिनट भन्दा धेरै समयसम्म सुविधा लिनको लागि भने शुल्क तिर्नु पर्दछ ।
सुरुवात दिनका केही रमाईला कथाहरु उनि सम्झनछन- सन् २०१५ सम्म जुमको आफ्नै समर्पित मार्केटिग टिमसम्म पनि थिएन । उनी आफै पनि ग्राहक सेवामा संलग्न थिए । उत्पादनमा खुसी नहुने ग्राहकलाई व्यक्तिगतरुपमा इमेलबाट प्रतिक्रिया दिन्थे ।
संसारलाई कोरोना भाइरसको माहामारीले थिचिरहेको बेला, जुम एप एकाएक इन्टरनेटको दुनियामा सबैभन्दा बढी खोजीएको एप्स बन्न पुगेको छ ।
यो संकटको बेला यो एप्स सबैको साथी बनिरहेको छ । सायद तपाईले पनि डाउन्लोड गरिसक्नु भएको होला ! धेरै सुविधाहरु, सहज पहुच, सरलता नै यसको सफलताको रहस्य हो भन्दा फरक नपर्ला । हामी यिनै सूचकहरु हेरेर जुनसुकै उत्पादन तथा सेवाको लोकप्रियता र सफलता अनुमान गर्न सक्छौं ।

यस कम्पनीको ६० अमेरीकी डलर रहेको सेअर भाउ बढेर हाल १५० अमेरीकी डलर पुेगेको छ । कम्पनीमा रहेको २२ प्रतिशत शेअरको मालिक ४९ वर्षीय अर्बपतिको कुल सम्पत्ति पछिल्लो तीन महीनामा १२५ प्रतिशत उक्लियर ७.५७ अर्ब अमेरीकी डलर भएको छ । नाटकियरूपमा यसरी युआनको सम्पत्तिले छलाङ्ग मारेको हो । ब्लुमबर्ग बिलिनियर इन्डेक्सका अनुसार- उनि संसारकै २०० धनी ब्यक्तिहरुको सुचिभित्र अटाएका छन् । सन् २०२० भन्दा अगाडी उनको यहाँ नाम निसान समेत थिएन ।
अप्रिल महिनामा धेरै इन्सटल हुने एप्सको सुचिमा टिकटकलाई उछिन्दै एक नम्बरमा जुम पुगेको छ ।
याे सफलताबाट हाम्राे मुलुकका नयाँ पुस्ताले केही कुरा सिक्नसक्नुपर्छ ।
- ग्लोबल गाउँमा जो कोेहीलाई पनि आफ्नो सिर्जना शक्ति प्रयोग गरेर धनी हुने हक छ ।
- आफुले काम गर्ने क्षेत्र छनोट गर्दा बजार माग र सान्दर्भिकतालाई ध्यान दिनुपर्छ ।
हाल संसारभरीका अधिकांश कम्पनीहरुले आफ्नो व्यवसायिक प्रतिबद्धता पुरा गर्नको लागि जुम एप को साहार लिइरहेका छन् । मिडीया, स्कूल, कलेजहरु, सभा, सम्मेलनहरुका लागि यसको प्रयोग ब्यापक भईरहेको छ । सामान्य पारिवारीक, साथीभाईको भेटघाटको सहज समाधान बनेको छ यो एप ।
January 2020 | 56,000 |
February 2020 | 1.7 million |
March 2020 | 2.13 million |
Source: Apptopia via The Guardian and The Economic Times
गुगल, एपल, र माइक्रोसफ्ठसँगको उच्च प्रतिस्पर्धाका बावजुद पनि उ अगाडी बढिरहेको देखिन्छ । जुमले धेरै नयाँ फिचरहरु पनि ल्याएको छ , एकपटकमा १०० जनाभन्दा बढी भिडीयो कलमा एकै पटक जोडीन सकिन्छ । यो भन्दा बाहेक, सहभागीले आफ्नो स्क्रिन सेअर मार्फत आफ्नो प्रस्तुती प्रस्तुत गर्न सक्छन । इन्टरनेट ढिलो हुदासमेत यसमा कुराकानी गर्न सकिन्छ भने कुराकानी गरेको भिडीयो अडीयो र च्याटलाई रेकर्ड गर्न समेत सकिन्छ । यसरी प्रतिस्पर्धीका माझ जुमले आफ्नो अलग्गै उचाई बनाएको छ ।
उच्च प्रयोगकर्तासँगै सुरक्षाको चुनौती पनि बढिरहेको कुरा आफैले स्विकारेको छ ।
युके क्याबिनेट समेत नयाँ प्रयोगकर्ताको रुपमा जोडीएको छ । यस्ता बिशेष युजरहरुले सेअर गर्ने डाटाहरु निकै सम्बेदनशिल हुनसक्छन् । त्यसैले सुरक्षाको हिसाबले सुरक्षित बन्न सक्नु चुनौती बनेको छ । अनाधिकृत डेटाहरु फेसबुकलाई पठाउने गरेको तथा डेटा उपयोग गरेका कुराहरु बाहिर आएको छ । केही कलहरु मुख्य स्थान चीनबाट राउट गरिएको देखिएको थियो । जसले तिनीहरुलाई त्यहिको कानूनको अधिनमा पार्दछ । प्रयोगकर्ताहरुको गोपनीयता सेटिग पनि खासै सुरक्षीत नभएको आरोप पनि छ ।
सुरक्षाको बिषयले गर्दा क्यानडा र ताईवानमा सरकारी र बिजनेस क्षेत्रमा यसलाई प्रतिबन्ध गरिएको छ । स्पेस याक्स, नासा जस्ता प्रतिष्ठित संगठनहरुले र स्कूल बोर्डले पनि जुमलाई प्रतिबन्ध गरेको छ ।
जुम मात्रै हैन, हामीले चलाइरहेका अन्य एप्सहरु पनि असुरक्षित छन । त्याे कुरा हामीलाई थाहै नभएको हुनसक्छ । हामी सबैको दिनचर्याको मुख्य साधन बनेको फेसबुकलाई त यो भन्दा धेरै ठूला आरोपहरु आईरहेका छन् । यसबाटै हामी कती असुरक्षित छौ भनेर अनुमान लगाउन सकिन्छ ।
यकातिर- प्रविधीको सुविधाको नाउमा शासकहरुको हामीलाई निगरानी गरिरहेका छन भने अर्कोतिर प्राकृतिक जवनशैलीबाट हामी नक्कली जीवन बाच्ने अभ्यास गरिरहेका छौ । प्रविधी र शासकहरु मिलेर हाम्रो स्वतन्त्रता माथी यसरी दाम्लो लगाईरहेका छन । हामी भने गड्याैलाको लोभमा बल्छिमा उनिहिरहेका छौ । यसरी प्रबिधिको दाम्लोमा उम्कनै नसकिनेगरी बाधीएका हामी के कसरी खुकुलो बन्ने भन्ने प्रश्नको उत्तर हामी स्वयंमले खोज्नुपर्छ । र तुलनात्मक रुपमा सुरक्षित बाटो रोज्नुपर्छ । यी यस्ता सुविधाहरु उपभोग गर्दैगर्दा यो सुरक्षित हो, हैन ? म सुरक्षित छु , छैन ? कसरी धेरै भन्दा धेरै सुरक्षित भएर चलाउने भन्ने आधारभुत कुराहरुको जानकारी राख्नैपर्ने हुन्छ ।
जुम तथा अन्य एप्सहरुको प्रयोग कसरी सुरक्षित रुपमा गर्न सकिन्छ भन्ने कुरा हामी आगामी अंकमा गर्नेछौ ।
जुम प्रयोगकर्ताको तथ्याङ्कः
दैनिक जुम एप बाट मिटिङ्ग गर्नेको संख्याः
December 2019 | ~ 10 million |
March 2020 | 200 million + |
April 2020 | 300 million + |
जुमको आन्दानी विवरण:
FY 2018 | $121.5 million |
FY 2019 | $330.5 million |
FY 2020 | $622.7 million |
नोटः यो अप्रिल २०२० सम्मको तथ्याङ्क हो ।
https://www.youtube.com/watch?v=tBimgGwbKVI