१७ मङि्सर २०८१ , सोमबार

यो महिनाको घर भाडा नलिन सरकारको आग्रह

सरकारकाे अनुराेध

काठमाडौँ —सरकारले यो महिनाको घर भाडा नलिन घरधनीलाई आग्रह  गरेको छ ।

आइतबार बेलुका बसेको मन्त्रिपरिषदको बैठकले महत्वपुर्ण राहत प्याकेज घाेषणा गरेकाे छ।

जसअनुसार- खान नपुग्नेलाई स्थानीय तहले खाद्यान्न वितरण गर्नुपर्ने, रोजगारदाताले नै तलब दिनुपर्ने, स्वास्थ्यकर्मीलाई २५ लाखको बिमा, महङ्गा गाडीहरु आयात गर्न नपाईने , सरकारले यो महिनाको घरवहाल कर नलिने, विद्यालयहरुले एक महिनाको शुल्क मिनाह गर्नुपर्ने, सरकारी खाद्य कम्पनीबाट खाद्यान्न किन्दा १० प्रतिशत छुट , मासिक एक सय ५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकहरुलाई फागुन र चैतको विद्युत महसुलमा २५ प्रतिशत छुट दिने समेत निर्णय गरिएको छ ।

यससँगै कर बुझाउने र सवारी नवीकरणको समय थप गरिएकाे छ भने अन्तर्राष्ट्रिय आर्थिक सहायता परिचालन गर्ने निर्णय समेत गरिएकाे छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *