०८ बैशाख २०८२ , सोमबार

लाइसेन्स नभएकाहरूलाई पनि एक वर्ष पढाउने अवसर दिदै सरकार

लाइसेन्स नभएकाहरूलाई पनि एक वर्ष पढाउने अवसर दिदै सरकार

सरकारले विद्यालयमा पढाउन चाहाने एक हजार पाँच सय जना शिक्षक खाेजिरहेकाे छ ।

स्नातक वा स्नातकोत्तर तह पास गर्नुभएको छ भने तपाई पनि शिक्षककाे लागि आबेदन दिन सक्नुहुन्छ । सातामा २४ पिरियड पढाउनुपनुपर्ने शिक्षकको मासिक तलब भने २४ देखि ३२ हजारसम्म हुनेछ ।

जागिरका लागि आवेदन दिन यो लिङ्कमा जानुहोसः https://www.doe.gov.

 

‘चिनौं आफ्नो माटो, बनाऔं आफ्नै देश’ भन्ने बजेटमा समेटिएको कार्यक्रम अनुसार– आउँदो शैक्षिक सत्र वैशाखदेखि नै विद्यालयमा स्वंयसेवक शिक्षक पठाउने गरी शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शुक्रबार आवेदन खोलेको हो।

विद्यार्थी संख्या धेरै भएका तर आवश्यकताअनुसार शिक्षक नभएका विद्यालयक लागि कूल एक हजार पाँच सय जना स्वंयसेवक शिक्षक मागिएको छ ।

यो कार्यक्रम विश्वविद्यालयबाट पढेर निस्केका युवालाई समाज, संस्कृति र देश विकास बुझ्ने अवसर पनि हाे ।

स्वंयसेवक परिचालन कार्यविधि २०७६, पठनकाे लागि डाउन्लोड गर्नुहोस्ः शिक्षण स्वयमसेवक परिचालन कार्यविधि २०७६

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *