१७ असोज २०८१ , बिहिबार

कोरोना भाइरस के हाे, कसरी बच्ने ?

corona virus
sources: UN

चीनको उहानबाट सुरु भएको घातक कोरोना भाईरस संसारभरी माहामारीको रुपमा फैलिरहेको छ ।

यसले संसारलाई ठूलो चुनौती दिईरहेको बेला चीनको अर्थतन्त्रलाई भने डामाडोल बनाईरहेको छ । त्यहाँका जनतामा त्रास फैलिएको छ भने जनजीवन कष्टकर भएको छ ।

कोरोना भाईरसको विश्वव्यापी अवस्था र त्यसको तथ्याङ्क पत्ता लगाउन द सेन्टर फर सिस्टम साईन्स एन्ड इन्जिनियरिङले एउटा अनलाईन इन्फरमेसन सेन्टर बनाईएको छ । जसमा विश्व स्वास्थ्य संगठन, द सेन्टर फर डिजिज कन्ट्रोल इन यूएस, चाईन र यूरोपबाट तथ्याङ्कहरु संकलन गरिन्छ । यो अनलाईन डाटा बेसमा कोरोना प्रमाणित भएका, मृत्यु भईसकेका र निकोभएकाहरुको  तथ्याङ्क राखिएको छ । जसअनुुसार हालसम्म संसारमा ९३ हजार १ सय ५८ जनालाई संक्रमण भएको प्रमाणित भईसकेको छ भने ३ हजार १ सय ९८ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ५० हजार ६ सय ९० जनाले यो रोगलाई जितेका छन् । रेकर्ड अनुसार बुढाबुढी र कमजोरहरुमा यो भाईरसको प्रभाव छिटो र धेरै देखिएको छ ।

WHO मा पहिलो पटक डिसेम्बर ३१, २०१९ मा रिपोर्ट भएको यो भाईरस हाल ७० भन्दा धेरै देशहरुमा प्रमाणीत भैसकेको छ ।

US, Europe, Asia, the Middle East, Africa, South America and Australia मा समेत यो भुसको आगो जसरी फैलिरहेको छ । चीनमा खैलाबैला मच्चाइरहेको यो भाईरस भारतमा ६ जना, र नेपालमा १ जनामा देखिएको प्रमाणित भईसकेको छ । युरोप र अमेरीका, जापान, अष्ट्रोलिया, दक्षिण कोरीया, फिलिपिन्स लगाएतका मुलुकमा धेरै मानिसहरुको मृत्यु भईसकेको छ ।

यसबाट प्रभावित चीनका क्षेत्रहरुमा मानिस बाहिर देखिदैनन्, रोडहरु निर्जन देखिन्छन् भने उनिहरुलाई हस्पिटलमा रोईकराई गरिरहेको भिडीयोहरु विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको थियो ।

यही सन्दर्भमा इरानले ५४,००० कैदीहरुलाई रिहाइ गरेको छ । यो महामारीको डरले न्यायालयले यो निर्णय गरेको बुझिएको छ ।  इरानमै २३ जना सांसदमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको उपसभामुख एब्डोलरेजा मेस्रीले बताएका छन् । उक्त संसदमा २९० सदस्यहरु छन् । अहिलेसम्म इरानमा ७७ जनाको मृत्यु भएको र २ हजार ३ सय ३६ जनामा संक्रमण देखिएकोे छ । भाइरसको संक्रमणबाट बच्न इरानी सरकारले भीडभाडमा नजान र सरसफाइमा ध्यान दिन नागरिकलाई आग्रह गरेको छ र यसका लागि ३ लाख सैनिक परिचालन गर्ने तयारी गरेको छ । इरानका वरिष्ठ अधिकारीमा पनि संक्रमण भएको पुष्टि भएको छ भने कोरोना संक्रमणबाटै इरानमा पूर्वराजदूत, फुटबल खेलाडी, नवनिर्वा्चित सांसद, प्रमुख न्यायाधीशका सल्लाहाकार अहमद त्योस्रकानीको मृत्यु भइसकेको छ ।

मंगलबार प्रकासित विभिन्न पत्रपत्रिकाहरुका फोटो फुटेजमा तेहरानका बाटोहरु उजाड देखिएका थिए ।

के हाे काेराेना भाइरस ?

कोरोना भाइरस (COV) भाइरसहरूको एक ठूलो परिवार हो जसले सामान्यदेखि लिएर अधिक गम्भीर रोगहरू सम्म निम्त्याउँछ । जसलाइ मिडल इष्ट रेष्पिरेटरी सेन्ड्रम (MERS-CoV)  र गम्भिर एक्यूट रेष्पिरेटरी सेन्ड्रम (SARS-CoV) भनिन्छ ।

कोरोना भाइरस ZOONOTIC  हुन, यसको अर्थ तिनीहरू जनावरहरू र मानिसहरू विच प्रसारित हुनसक्छन् ।

संक्रमणका सामान्य लक्षणहरूमा श्वासप्रश्वासका लक्षणहरू, ज्वरो, खोकी, सासको कमी र सास फेर्न कठिनाईहरू पर्दछन् । धेरै  गम्भीर अवस्थामा, निमोनिया, गम्भिर श्वासप्स्वास समस्या, मिर्गौला मा समस्या हुने र मृत्यु पनि हुन सक्छ ।

जनवारबाट सरेर मानिसमा देखिएको यो भाईरस खोकी र हाछिउ गर्दा एक मिटर वरिपरि सर्छ । संक्रमण फैलिन नदिन– नियमित रूपमा हात धुनु, खोक्दा र हाछिउ गर्दा मुख र नाक छोप्ने, मासु र अण्डा राम्रोसँग पकाउने, श्वासप्रश्वासको बिरामीको लक्षण देखिएकाहरूसँग टाढा रहने, खोक्दा हाछिउ गर्दा मुख छोप्नुपर्छ ।

कोरोनासँग सम्बन्धित ग्लोबल हल्ला र यसका परिणामहरु

कोरोना अथवा कोभिड–१९ भाइरसको त्राससँगै बजारमा अनेक हल्ला फैलनु स्वभाविक पनि हो । यसको उत्पति देखि लिएर यसकाे भविष्यसम्मलाई लिएर अनेक डरलाग्दा गन्थनमन्थन हुनेगरेके पाइएको छ ।

बजारमा कोरोना भाईरस र कोभिड १९ बाट बच्न सकिने भनेर अनेक गलत उत्पादनहरूके प्रचारप्रसार भईरहेका छ । भ्रामक समचारहरूले अमेरीकामा समेत हल्लिखल्ली मच्चाएको छ । व्यापारीहरुले “coronavirus face mask” जस्ता ट्यागलाइन प्रयोग गर्दै मार्केटिङ गरिरहेका छन् । कोरोना भाइरसले संक्रमण हुने डरले उपभोक्ताहरूले कोरोनासँग सम्बन्धीत उत्पादनहरु धेरै नै किन्न थालेका छन् । यससँगै स्यानिटाइजर, मास्क, पन्जा र ह्याजम्याट सुट र अन्य सामानहरूको माग र मुल्य दुबै आकासिएको छ ।

यही विचमा अमेजन, इबे, वालमार्ट र एटीसीले कोरोेनाबाट बच्नका लागि चहिने सामाग्रीहरू र मास्कहरू आफूसँग रहेको दावी गरिरहेकाहरू बिरूद्ध  संघर्ष गर्नु परेके छ ।

हाम्रो जस्तो मुलुकहरूमा भने कोरोनाको डरले सर्जिकल मास्क प्रयोगमा जोड दिएको देखिन्छ । हाल नेपालमा मास्कको अभाव देखिएको छ । यसले धुलो, धुवा र केही सामान्य किटाणुहरूवाट भने जोगाउँछ । तर यिनीहरुले ठूला भाइरसबाट जेगाउन सक्दैनन् । डाक्टर  क्अजबाालभच ले भने । यी मास्कहरू विशिष्टिकृत हिसाबले बनाइएका हैनन् । यिनहरूले, राम्रोसँग नाकमुखलाइ ढाक्न पनि सक्दैनन् । डाक्टरहरूले भनेका छन– सामान्य मास्कले भाइरसबाट बचाउन सक्दैन । धेरै विशिष्टिकृत, N95 Respirator  मास्कले मात्रै कही हदसम्म नयाँ केरेना भाइरसको सङ्क्रमणबाट बचाउछन, जसालाई सार्स–कोभ–२ पनि भनिन्छ । यिनीहरु सर्जिकल मास्कभन्दा मोटो पनि हुन्छ ।

कोरोनावाट बच्ने सबैभन्दा विशेष उपाएहरूः

  • नियमित रुपमा साबुन पानीले हात धोऔं ।
  • हात धुदा अल्कोहलबाट बनेका साबुन र स्यानिटाईजरहरुको प्रयोग गरौं ।
  • भिडभाँडमा नजाऔं ।
  • जनवारहरुवाट टाढै बसौं ।
  • खोक्दा वा हाछ्यौ गर्दा नाक र मुख ढाकौं ।
  • एकपटक प्रयोग गरेको टिस्यू पेपरलाई डस्टविनमा फ्याकौं ।
  • घुम्ने योजनाहरु नबनाऔं र घरमै बसाैं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन र सिडीसी को सहयोगमा तयार पारिएको यो जानकारीलाई साथीभाई तथा आफन्तहरुमाझ फैलाउ ।


Leave a Reply

Your email address will not be published.