छुटेका कुरा –
जब ऋतुराजको आगमन हुन्छ । जब चैत्र (बाल्यावस्था) हुर्कदै वसन्त बहार (यौवनावस्था) आउँछ । तब शिशिरमा नाङ्गिएका रुखविरुवाले नयाँ लुगा लगाउन थाल्छन् ।
सोही वैशाखकै पहिलो दिन यस धर्तीमा एउटा मान्छेको पनि आगमन हुन्छ । बुवा सत्य प्रसाद र आमा अम्बिका ढकालको कोखबाट दोस्रो सन्तानको रूपमा कमल ढकालको जन्म हुन्छ ।
हिन्दु धर्मको महान् ग्रन्थ गीतामा भगवान् श्री कृष्णले अर्जुनलाई “म ऋतुहरूमा वसन्त ऋतु हुँ” भनेका छन् । कृष्णले जस्तै उनले पनि कलाका विभिन्न स्वरूपमा रङ्ग भर्ने काम गरिरहेका छन् ।
काठमाडौँको मुलपानीमा जन्मिएका कमल हुर्कँदै जाँदा अक्षरलाई साथी बनाउन थाल्छन् । आफ्नो साथी बालापनको साथी अक्षरसँगै खेल्दै हुर्किएका कमल अक्षरहरूसँगै पठौजोरी खेल्न रुचाउन थाल्छन् । र, लाग्छन् पत्रकारिताको आकाशमा । समय बित्दै जान्छ , हिलोमा फुल्ने कमललाई त फराकिलो पोखरी चाहिन्छ । धर्तीमा फूलेका कमललाई पत्रकारिताको आकाश सानो लाग्न थाल्छ । अनि उनी आफै आफ्नो सपनाको आकाश बनाउनतिर लाग्छन् ।
एउटा नयाँ सपना बनाउन तिर लाग्छन्, मान्छेको कथा लेख्ने सपना ।
ढुङ्गा, माटो र प्रकृतिमा त सबैले कथा देखेका थिए । तर, मान्छेका जीवनमा कथा देख्न थाल्छन् कमल । उनलाई निदाउन गाह्रो हुन्छ ।
पुर्खाको इतिहासले पुस्ता बदल्छ भन्ने नारा बोकेर हिँडेका कमल बाह्रै मास अक्षरहरूको खेती गर्न व्यस्त छन् । धेरै मान्छेलाई लेख्दैछन्, लेखिरहेका छन् । १० हजार मान्छेको कथा लेख्ने दृढ सङ्कल्प गरेका छन् कमलले ।
लेखन कुञ्ज, घोस्ट राइटिङ नेपाल, कुञ्ज नाटक घर, किताब कुञ्जका संस्थापक अध्यक्ष कमललाई एउटा सपनाले मात्रै पुग्न छोड्छ । आजभोलि अर्को सपना देख्न थालेका छन्, लेखन ग्राम बनाउने सपना ।
लेख्ने, लेख्नेहरूको लागि सपना देख्ने कमल सरको सपना छिटै पुरा होस हाम्रो पनि शुभकामना ।
भिडियाे– https://www.facebook.com/lekhankunja/videos/664954357904307