२५ असोज २०८१ , शुक्रबार

कृष्ण प्रसाईँको “घामको आयु” कविता सङ्ग्रह सार्वजनिक


छुटेका कुरा –

वैशाख ४ गते इलामको सूर्योदय नगरपालिका अन्तर्गत श्री अन्तुमा जेन कवि कृष्ण प्रसाईँको “घामको आयु” नामक जेन कविता सङ्ग्रहको लोकार्पण गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगत उपाध्याय “प्रेझित”, देवकोटा लु सुन प्रज्ञा प्रतिष्ठानका अध्यक्ष निनु चापागाईं, भारत सिक्किमका पूर्व सचिव किरण रसाइली, सिक्किम सरकारकी पिछडा वर्ग आयोगकी चेयरमेन पवित्रा भण्डारी, प्रसिद्ध भारतीय महाकाव्यकार मोहन दुखुन, सिक्किमका एक दर्जन मिडियाकर्मी र मिडिया हाउसका सञ्चालक, सिलगढी भारतका चर्चित नेपाली र हिन्दी कविहरू र नेपालका पत्रकारहरूले संयुक्त रूपमा उदाउँदो घाम र कञ्चनजङ्घालाई देखाएर कृतिको अनावरण गरेका थिए ।

उक्त पुस्तक दुई महिना अघि श्रीलङ्काली सिङहाला भाषामा प्रकाशित भैसकेको छ नेपालीमा भाषामा भने आज लोकार्पण गरिएको हो । हिजोदेखि सुरु भएको उक्त कार्यक्रममा नेपाल र भारतका विभिन्न ३० कविहरूले कविता वाचन गरेका थिए । उक्त सम्मेलनको आयोजना देवकोटा लु सुन र प्रज्ञा प्रतिष्ठानले गरेको थियो भने स्थानीय स्तरमा गणेश रसिक फाउन्डेसनले गरेको थियो । सो समारोहमा भारतका कवि मोहन दुखुनलाई पचास हजार राशिको पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष निनु चापागाईंले गर्नु भएको थियो भने प्रमुख अतिथिको रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगत उपाध्याय र विशेष अतिथि सङ्गीतकार गणेश रसिक हुनुहुन्थ्यो ।


Leave a Reply

Your email address will not be published.