सज्जनराज वैद्य हाल न्यूयोर्क सान फ्रान्सिको, यूएसएमा बसेर आफ्नो सङ्गीत कर्मलाई निरन्तरता दिइरहेका छन् । यसै बीचमा उनले नेपाली सङ्गीत जगतलाई नबुझेका, नचिनेका र नरुचाउने युवाहरूलाई समेत नेपाली सङ्गीतको मिठास चखाएका छन् । संसारमा नेपाली सङ्गीतलाई चिनाएका छन् ।
सरल शब्दका माध्यमबाट भावनाका अनेक स्वरूप देखाउन सज्जनराज वैद्य माहिर छन् । पछिल्लो समयमा सज्जनराज वैद्यलाई नचिन्ने र उनको गीतलाई मन नपारउने सायदै कम होलान् ।
नेपाली गीतलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन पनि निकै सफल देखिएका छन् । जसले नेपालको आधुनिक सङ्गीतलाई उकास्न धेरै मद्दत गरेको छ ।
सज्जनराज वैद्यले धेरै हिट गीतहरू दिएका छन् । उनको ‘चिठि भित्र’, ‘हवाईजहाज’, ‘मेलो’ , ‘कुराकानी’,‘नगन्य माया’ , ‘लुकामारी’,‘फुत्कि जाने जोवन’ , ‘सस्तो मुटु’ आदि निकै पपुलर छन् ।
उनले हामीलाई हवाईजहाजमा यात्रा गराएर हतारिँदै बतासिँदै प्रेमलाई खोज्न सिकाए । चिट्ठी त्यसै लेखिँदैन त्यसमा प्रेम र भाव पोखेर शब्दको लुकामारी खेल्नुपर्छ भनेर पनि सिकाए । चोखो मायालाई सम्झिएर फुलेका र खुलेका मुस्कानको मजा चखाए । चोखो माया पाउनु मात्र नभइ उनीहरूको पर्खाइ मात्र पनि कति प्रिय हुन्छ भन्ने कुराको आभाष दिलाए । नगन्ने माया र मायालुलाई पनि परै बसेर चोखो माया गरिरहनुको कारण बताए ।
सुकुमबासीहरूको मुटु किन सस्तो मुटुको भाउमा बजारीकरण भयो भन्ने कुराको रहस्योद्घाटन गरे । आफ्नो प्रेमीले छुट्दाकाे वा बिछोडको बेला पंक्षीमा चढेर शरीर पूर्वतिर गए पनि मनलाई साहसिक उल्टा पाइला चालेर पश्चिमतिर फुत्किएको मायालुको यादसम्म पुग्न सिकाए । तिमी र म एउटा सर्वनाम मात्रै हैनौं, एउटा पूर्ण जीवन हो भनी गीत र संगीतकै माध्यमबाट कुराकानी गर्दै उनको अनौठो मुटुका यस्ता अनेक कथा हामीलाई सुनाए । उनका कथा आजमात्र नभई भोलि पनि यसै गरी सुन्न पाइयोस् । ती कथामा हराउन पाइयोस् ।
सज्जनराज वैद्यको गीतसँगै आफ्नो दिन सुरु गर्ने धेरै मानिसहरू छन् । धेरै पटक दोहोर्याएर सुन्दा पनि उनको गीत खल्लो लाग्दैन । बरु जति सुन्यो उति मिठो लाग्छ । उनलाई कुनै अरु गायकसँग तुलना गर्न आवश्यक छैन् । उनी आफैमा एउटा नयाँ ब्रान्ड बनेर उदाएका छन् । सज्जनराज वैद्य युगले जन्माएको एउटा नयाँ नाम हो । जुन नेपाली गीत सङ्गीतको जगतको इतिहासमा पक्कै लेखिने छ ।
हवाईजाहज
अगस्ट २, २०१६
समय फरक भइसकेको छ । माया गर्ने तरिका पनि फरक भएको छ । अनि मायामा हुने गतिविधिहरु फरक हुँदै आएका छन् । यी तत्वहरुलाई मध्यन्यजर गरेर प्राय सज्जनराज वैद्य गीत लेख्छन् । उनी वर्तमानको वास्तविकतालाई चित्रण गर्दै भावना पोख्न माहिर छन् ।
उनले सन् अगस्ट २, २०१६ “हवाईजाहज“ ल्याए । फुज फ्याक्ट्रि प्रोडक्सनबाट उत्पादन भएको यो भिडियोको स्क्रिनमा हेमन्त चालिसे र रेलिजा श्रेष्ठको जोडी देखिन्छ । अहिलेसम्म यो गीतलाई युट्युबमा २ करोड जनाले हेरिसकेका छन् ।
आधुनिक प्रेमलाई चित्रण गर्ने एक फरक स्वाद बोकेको हवाइजहाजमा एक मानिस हताश देखिन्छन् । उनी आफ्नै सपना र आकांक्षामा बाँचिरहेको छन् । जुनसुकै मूल्यमा पनि उनको माया भेट्न चाहन्छन् । तर पुग्न असफल हुन्छन् । उनको प्रेमी पहिले नै मरिसकेकी थिईन् तर केवल कल्पनामा जीवित थिईन् । उनको माया भेट्ने यात्रा उनले यात्रा गर्नु अघि नै समाप्त हुन्छ । अन्त्यमा उनको मृत्युपछि आफ्नो प्रेमीलाई फेला पार्न सफल हुन्छन् । साँचो प्रेम कहिल्यै समाप्त हुँदैन भन्ने सज्जनराज वैद्यको हवाइजाहज यसरी समाप्त हुन्छ ।
ह्वाइजहाजमा अभिनय गरेका हेमन्त चालिसे अहिले हाम्रा सामु छैनन् तर ह्वाइजहाजको अभिनयले उनलाई सधैँ अमर राख्ने छ ।
चिठ्ठी भित्र
जनवरी १,२०१६
सज्ज्नराज वैद्यको चिठ्ठीभित्र हालको मितिसम्म आइपुग्दा ४ करोड दर्शकले हेरिसकेका छन् । यसै पनि मुल्याङ्कन गर्न सकिन्छ कि यो गीतको लोकप्रियता कति छ भनेर । सायद सज्जनराज वैद्यलाई यसै गीतले नेपाली युवासामुको चिनाएको हो ।
यो गीतले मायालाई धेरै दृष्टिकोणबाट व्याख्या गरेको छ । चिठ्ठीभित्रमा मायाले भरिएको पत्र उनी कोर्दै छन् । बुढेसकालसम्मको गन्तव्य पार गरेर हामी आफ्नो नाम जोडौँ । हाम्रो अस्तिव्य हाम्रो माया हो भन्ने सङ्कल्प सहित पत्रमा भावना पोखेका छन् ।
यो गीतले तपाईंको मनलाई अवश्री छुन्छ, यसको अर्थ गहिरो र सौन्दर्यको चेतनाले भरिएको छ । आफ्नो छोराछोरी, आमाबुबा, साथीभाई, प्रेमी, पतिपत्नी, क्रस् वा विशेष साथीको लागि यो गीत समर्पित गर्न सकिन्छ । हामीले यस प्रकारको गीत कमै सुन्न पाउँछौं । यसैले पनि यसको लोकप्रियता चुलिएको छ ।
हतारिँदै बतासिँदै
जनवरी २,२०१९
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका मानिसहरुलाई अझै पनि हाम्रो समाजले स्वीकार्न सकिरहेको छैन् । फरक दृष्टिकोणले हेर्ने र हेप्ने प्रचलन अझै कायमै छ । सज्जनराज वैद्यको हतारिँदै र बतासिँदैले यी समुदायका मानिसलाई सम्मान सहित हौसला पनि दिएको छ । समलिङ्गी प्रेम र विपरित लिङ्गी प्रेम कथालाई सज्जनराज बैद्यले आफ्ना शब्द र सङ्गीतका माध्यमबाट प्रस्तुत गरेका छन् । सबै सिमा र परिस्थिती नागेर केवल विश्वास खोज्ने हृदयहरुको लागि यो गीत समर्पित छ । हालसम्ममा यो गीतले युट्युबमा २९ मिलियन प्लस भ्युज पार गरेको छ ।
सस्तो मुटु
जनवरी १,२०२२
गीत रिलिज भएको जम्मा ६ दिन मात्रै हुँदा युट्युबमा २.६ मिलियन भ्युज सहित ट्रेन्डिङ नम्बर एकमा आएको थियो ।
सस्तो मुटुको यो लाइन् युवाहरू माझ निकै लोकप्रिय बनेको थियो-
महङ्गो रहेछ माया तिम्रो मलाई चाहिएन,
चोखो माया खोजेको थिएँ , त्यो नि पाइएन ।
मरिमेटी माया लाउँदा के नै पाइयो र ? भनेर प्रश्न गरेका छन् । जसले प्रेममा असफल भएका मानिसलाई सम्बोधन गरेको छ । स्वार्थले भरिएको माया नि के माया ? भनेर महङ्गो मायालाई नकारेका छन् । सज्जनराज वैद्यले आफ्नो सस्तो मुटु गीतबाट, आफूले पाएको मायालाई सबैले साँचो हो कि हैन भनेर एकिन गर्न र मायाको मुल्याङ्कन गर्न प्रेरित गरेका छन् । यथार्थमा मायाले स्वार्थ र अवसर खोज्दैन भन्दै मायाको मिठो परिभाषा दिएका छन् ।
सज्जनराज वैद्य विदेशमा बसेर पनि नेपाली गीत सङ्गीतको साधनामा लागेका छन् । युवाहरूको आधुनिक गीत सङ्गीत खोजिरहेका आँत भिजाएका छन् । तिर्खा मेटाएका छन् । यसरी सजनराज वैद्य युवाको मनमा बस्न सफल भएका छन् । यसरी नै यी युवा गायक आफूसँगै नेपाली गीत सङ्गीतलाई नयाँ र फरक उचाइमा पुर्याउन सफल हुन् । सज्जनराज वैद्यलाई अधिक सफलताको शुभकामना ।
Aggreed.Ramro chha.
Hope this Article Reaches to Sajjan Raj Vaidya .
Fantastic Article and we need of Yabesh Thapa Too
आहा !❤️❤️❤️
सुन्दर टिपोट ,बाबू सौराभ ।
Perfectly explained ❣️
Bichar garera lekhnubhako xa , gajjab nahune kurai xaina ❣️
Wowow😗
IMPRESSED<33