१७ मङि्सर २०८१ , सोमबार

चेक डिपोजिट अब ए.टि.एम. बाटै

युवराज थापा

नेपालमा अब चेक जम्मा गर्ने कार्य  डिपोजिट मेसिन “एटिएम”बाट नै हुने भएको छ।

नेपालमै पहिलोपटक इन्जिनियर युवराज थापाले चेक डिपोजिट गर्ने मेसिन बनाएका छन्।

बैंकमा हुने चेक डिपोजिट प्रक्रिया थप सहज बनाउन  यस्तो मेसिन बनाएको थापाले बताएका छन्।

चौध महिना लगाएर बनाएको यो अटोमेटेड मेसिनको सहायताले केही क्लिकमै चेक डिपोजिट गर्न सकिने थापाले बताएका छन्। पहिलो चार महिनामै मेसिन तयार गरेपनि दस महिना भने मेसिन परीक्षणमा खर्चिएका उनले कम्तीमा पाँच वर्षसम्म टिक्ने गुणस्तरीय मेसिन बनाएको बताएका छन्।

थापाले मेसिन बनाउनलाई चाहिने स-सानो नट-बोल्टहरू समेत नेपालमा नपाएपछि विदेशबाट मगाउदा महँगो पर्न जाने लगायतका विविध झमेलाका बावजुत  चौध महिनामै मेसिन बन्नु सन्तोषजनक भएको बताएका छन्।

 

 


2 thoughts on “चेक डिपोजिट अब ए.टि.एम. बाटै

Leave a Reply

Your email address will not be published. Required fields are marked *