एक्कासि उसले टेबुलमा भएका सबै सामानहरू फ्याँक्यो अनि भन्यो– म हारेँ ।
हामी आ–आफ्नो काममा व्यस्त थियौँ । उसको त्यो क्रियाकलाप देख्ने बित्तिकै आत्तियौँ ।
त्यसो त ऊ सधैँ चुपचाप रहेर नै बस्थ्यो । बोलायौँ भनी मात्रै बोल्थ्यो । कसैसँग झट्टै बोल्दैनथ्यो । अन्तर्मुखी जस्तै थियो । तर उसको त्यो आक्रोश र निराशा देखेर सबै झसङ्ग भए ।
उसले हाम्रो कम्पनी जोइन गरेको एक महिना मात्रै भएको थियो । त्यसैले धेरै जनासँग पनि उसको परिचय नहुनु स्वाभाविक नै थियो । हाम्रो हाकिमसँग उसले के कति कुरा गरेको थियो त्यो चाहिं हामीलाई थाहा थिएन ।
“रमेश , के भयो तिमीलाई ?” भनेर मैले प्रश्न गरेँ ।
ऊ मौन थियो । मानौँ ऊसँग यी प्रश्नको उत्तर दिने कुनै पनि जवाफ थिएन । तल शिर झुकाएर ठिङ्गरिङ्ग उभिरहेको थियो । अरू साथीहरूले पनि प्रश्न गरे । तर जवाफमा केही आएन । ऊ आफैले फ्याँकेको सामानहरू फेरि उठाएर टेबलमा जस्ताको त्यस्तै राख्न थाल्यो ।
हाम्रा मानवताका खानी बोस जसलाई हामी बडा हाकिम भन्ने गथ्याैं । तिनै बडा हाकिमले पनि त्यो दृश्य आफ्नो क्याबिनबाट नियालीरहेका रहेछन् क्यारे । दौडिएर आए ।
रमेश , ए रमेश । हैन, के भयो ? तिमी अझै त्यो घटनाबाट बाहिर निस्किएको छैनौँ ? हाकिमले गम्भीर आवाजमा साेधे ।
बडा हाकिमले सान्तवना शव्दहरू थप्दै थिए ।
“यो संसारमा मान्छे सधैँ भरि बस्दैन । आज म जान सक्छु , भोलि तिमी जान सक्छौं ।”
“मेरै गल्तीले मेरी आमा मबाट नै टाडिन । आमाले देखेका कति सपना थिए त्यो पुरा गर्ने पाइनँ । आमाको स्नेहको ऋण तिर्न नसके पनि आमालाई सुख सयलमा राख्छु भन्ने कल्पनामा मात्र सीमित भयो” भन्दै आफूलाई धिक्कार्दै थियो रमेश ।
भनिन्छ, एक सन्तानका लागि आमा संसार हुन् । रमेशले चलाएको मोटर साइकललाई ट्रकले ठक्कर दिदा पछाडि बसेकी आमाको मृत्युु भएको केही महिना भएकाे कुरा मैले पनि थाहा पाएँ । यो कुरा थाह पाउने बित्तिकै मनमा कस्सिएका डोरीहरू चुडेँ । आँखाबाट बलिन्धरा आँसु बगिरहे । मैले रमेशलाई अङ्गालेँ । आखिर आमा त सबैको एकै हुन् । मैले मेरी आमा सम्झिएँ । अनि मैले धेरै अगाडि गरेको आमाको वर्णन बारे कविता सम्झिएँ ।
कविता यस प्रकार थियो –
तिमी धर्तीमा भगवान् हौ आमा
चरालाई आश्रय दिने रुखको हाँगा हौ आमाघामले उज्यालो भएको अनुहारको रातोपन हौ तिमी
बिरुवालाई जीवन दिने माटोको ओछ्यान हौ तिमीसबैभन्दा फरक, सबै भन्दा अलग
तिमी सबैभन्दा सुन्दर हौ आमातिमी प्रकाशको किरण हौ आमा
बाँझो जमिनमा पानीको धारा हौ आमाजीवनको सुनसान बगैँचामा कोपिलाको वसन्त हौ तिमी
भगवानको सबैभन्दा प्यारो र सुन्दर अवतार हौ तिमीतिमी देवीको सुन्दर आशीर्वाद हौ आमा
दुखेको घाउमा मलहम लगाउने जननी हौ आमा
त्यसो त शब्दकोशमा भएका जति पनि मिठास शब्दले आमाको ममता वर्णन गर्न सक्दैन । रमेशको त्यो पीडा देख्ने बित्तिकै डेढ महिना फोन नगरेको आमालाई मैले फोन गर्न मोबाइलको किप्याडमा नम्बर थिचेँ । आमाले दुई घण्टी नजाँदै फोन उठाउनु भयो । अनि भन्नु भयो “बाबु , खाना खाइस् ?”
@लेखक
राम्रो
कति राम्रो ।
❤️❤️ dherae ramro
मन छोयो ।
test
Ati sundar dost….
राम्राे छ
अत्यन्त सुन्दर रचना।
उत्कृष्ट छ