१७ मङि्सर २०८१ , सोमबार

चिन्नसके सुन लसुन

स्वास्थकाे रहस्य

छुटेका कुरा–

शारीरिक तन्दुरुस्तीको दृष्टिले लसुन सुनसरी महत्वपूर्ण छ। दैनिक रुपमा बिहान खाली पेट एक पोटी मात्र पनि लसुनको सेवनले विभिन्न रोगको उपचारमा सहायता पुग्छ। सेलिनियम तथा एलीसीन जस्ता पोषक तत्त्वहरूले  भरिपूर्ण लसुनले स्वास्थ्य सम्बन्धी धेरै समस्या हरूबाट बचाउँछ।

 हाम्रो दैनिक जीवनमा लसुन सेवनका धेरै फाइदाहरू रहेका छन्। लसुन सेवनका थप फाइदाहरूलाई यसरी हेरौँ: 

–लसुनमा प्रोटिन हुन्छ जसले शरीरको मांसपेशी खँदिलो बनाउँछ।
–लसुनमा भएको सेलेनीयमले निःसन्तान समस्यालाई हटाउँछ।
–लसुनमा भएको फाइबरले कब्जियतको समस्याबाट छुटकारा दिलाउँछ ।
–लसुनमा भएको  कार्बोहाइड्रेटले शारीरिक कमजोरी हटाई स्फूर्ति दिलाउँछ।
–लसुनमा क्याल्सियम समेत पाउने  हुँदा यसले हाड तथा जोर्नीलाई बलियो बनाउँछ।
–लसुनमा भएको एलीसीनले तिव्र गतिमा बोसो डढाउने हुँदा शारीरिक तौल नियन्त्रित रहन्छ।
–लसुनमा भएको  एन्टिब्याक्टेरियल तत्त्वले सास गनाउने समस्याबाट छुट्कारा दिलाउँछ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *