छुटेका कुरा-
असोज १९ गतेबाट संचालनमा आएको तातोपानी नाका एक दिन मात्र संचालनमा आएर बन्द भएको छ ।
नेपाल तर्फको एक कामदारमा स्वास्थ्य समस्या आएपछि चिन तर्फबाट नाका बन्द गरिएको हो ।
सिन्दुपल्चोकमा गएको पहिरोले बन्द भएको तातोपानी नाका साढे तीन महिना पछि संचालनमा आएको थियो ।
यही साता अघि जिल्लाको प्र. जि. अ. नेतृत्वको टोली र चिनियाँ अधिकारीको टोलीबीच छलफल भै नाका खोल्ने सहमति भएको थियो ।
स्वास्थ्य मापदण्ड पूरा गरेर दैनिक १६ वटा कन्टेनर आउने व्यवस्था गरिएको असोज १९ गतेबाट संचालनको सहमति अनुरुपनै तातोपानी नाका खुलेको थियो।
तर,
पहिरो र कोरोनाको महामारीका कारण विगत ८ महिनादेखि केरुङमा हजार भन्दा बढी कन्टेनर सामान रोकिएको छ ।