१७ मङि्सर २०८१ , सोमबार

यी दैनिक उपभोग्य बस्तुहरु आँखै अगाडी हराउँदैछन

#Amaizing Facts

छुटेका कुरा–

तपाई हाम्रै आखाँ अगाडी ल्याण्डलाइन हरायो, भिडियो टेपहरू पनि हराए । नयाँनयाँ प्रविधिकाे बिकाससँगै आज महत्वपूर्ण मानिएका अन्य धेरै  चीजहरू बिस्तारै केहि काम नलाग्नेगरि हराउँदैछन् ।

कल्पना गर्न गाह्रो तर केही बस्तुहरु आउँदो पीढीसँग हुनेछैनन् । यो कुरा तपाईलाई अचम्म लाग्नसक्छ किनभने यसमा तपाईलाई मनपर्ने कुराहरु समेत सामेल भएको हुनसक्छन् ।

१०. सुन
यो समाचार सुनका सोखिनहरुका लागि दुखदायी हुनेछ किनभने पहेलो धातु बिस्तारै पृथ्वीको सतहबाट हराउँदै छ, र खानिमा लागानी गर्नेहरु यो व्यवसायबाट हात झिक्दैछन । सुनको लगानी घट्दै छ, र आपूर्ति केहि बर्षहरुमा १५–२० प्रतिशतमा झर्ने प्रक्षेपण गरिएको छ ।
त्यो बेला बिस्तारै मानिसहरूको यस बहुमूल्य सुनप्रतिको चासो हराउने नै छ ।

९. नगद
नगद सहित क्रेडिट र डेबिट कार्ड पनि चाँडै काम नलाग्ने हुँदैछन् । जसरी हामीले आफ्नै अगाडी नगद, कार्डहरुद्वारा प्रतिस्थापन हुँदै गरेको देखेका छौं । चाडै नै तपाईंको स्मार्टफोन र फिंगरप्रिन्ट तपाईंको मनपर्ने सामान किन्न पर्याप्त हुनेछ ।

लौन अब तपाई आफ्नो वालेटमा के राख्नुहुनेछ ?

८. हस्ताक्षर
हस्ताक्षर चाँडै नै सम्झनामा मात्र हुनेछ । भर्खरको प्रविधिमा आएको द्रुत विकासले गर्दा आखाँको नानी, अाैठाछाप, र आवाजले हस्ताक्षरको काम गर्नेछ । आईरिस वा अाैंठाछाप पढ्नु असम्भव हुने बताईएको छ ।

७. रिमोट कन्ट्रोलहरू
अहिले तपाईंको घरमा कतिवटा रिमोट छन् ? यी आयताकार चीजहरुमा हाम्रो ठूलो निर्भरता छ । तर , यी चिजहर हराइरहेका छन्, र हामी तिनकाे अावस्यकता पर्ने पनि छैन् ।
किनभने, आवाजबाट दिईने आदेशले च्यानल परिवर्तन गर्ने सक्नेछन् । अमेजन इको एउटा उदाहरण हो जसले आवाजको आदेश प्रयोग गर्दछ ।

६. ट्राफिक जाम
यो सपना जस्तो लाग्दैन, नेपालमा चाहिं के होला भन्न सकिन्न । तर, विस्तारै चालक विहीन कारहरू यो वास्तविकता लिएर आउदैछन । यी कारहरू स्वचालित रूपमा संचालित हुन्छन् र गल्तीहरू गर्दैनन् । यसपछि सडकमा कुनै ट्राफिक जाम हुनेछैन । यस्ता रोबोट कारहरुमा ऐनाहरु आवश्यक पर्दैनन् । केही शीर्ष कार कम्पनीहरूले यस्ता ऐना बिनाका कारहरू निर्माण गर्न शुरू गरिसकेका छन् ।

५. सर्जनहरू
चिकित्सा क्षेत्रमा दक्ष पेशेवरहरूले समेत विस्तारै जागीर नपाउने हुनसक्छ । किनभने कृत्रिम रोबोटले ठूला अपरेशनहरू र शल्यक्रियाहरू समेत गर्न सक्षम हुँदैछन् । तपाईलाई कुन सुरक्षित लाग्छ मान्छे कि मेशिन ?

४. मधुमेह
मधुमेह भविष्यमा मानिसबाट विदा लिनेछ । वैज्ञानिकहरू चिनीको क्लोन खोज्दै छन् ।

३. गोपनीयता
तपाईं जहाँ भए पनि निगरानीमा रहनुहुनेछ । तपाईले आफुलाई लग आउट गरे पनि तपाईंको सबै कुराहरु रेकर्ड भईरहेको हुनेछ ।

यसलाई गोपनीयताको अन्त्यको युगकाे रूपमा लिन सकिन्छ ।

के हामी यसको लागि तयार छौं ?

२. साचो र चाबीहरु
साचो र चाबीहरु अर्को २०–३० बर्षहरूमा हराएर जानेछन र, यी पुरानो चीजहरू देखाउनको लागि तपाईले आफ्ना बच्चाहरुलाई संग्रहालयहरूमा लैजानुपर्दछ । त्यसोभए अब कसले तपाईंको सामानको सुरक्षा गर्छ ? धन्दा नमान्नुस अब त्यो काम गर्नको लागि तपाईंसँग साचो कार्ड रिडर हुनेछ । केही कार कम्पनीहरूले पहिले नै यसलाई परिक्षण गरिसकेका छन् ।

१ चार्जर
झन्झटिला चार्जरहरु चाँडै नै अनावश्यक हुनेछन् । ब्लुटुथ, एनएफसी, वाईफाई नेटवर्किंग को वायरलेस संसारमा, हामीले विना चार्जर चार्ज गर्न सक्छौ । यो टेस्लाले पहिले नै बनाइसकेका थियो । अरु कम्पनीहरुले पनि यसका लागि काम गरिरहेका छन् ।

यस्तो संभावना छ कि टाढाबाटै चार्ज गर्न सकिने सपना चाडै नै वास्तविकतामा परिवर्तन हुनेछ, र कुनै पनि शारीरिक सम्पर्क बिना कहिँ पनि तपाईको फोन चार्ज हुनेछ ।

हाम्रो जीवन वरिपरिका यी सबै चीज बस्तुरूको साथमा धेरै सहज देखिएको छ । तर एकचोटि प्रयोगबाट हटेपछि हामीलाई ती कहिल्यै आवश्यक थिएन जस्तो लाग्नेछ ।

प्रविधिमा भएका यस्ता ठूलो परिवर्तनको परिणाम के के हुन्छ होला, तपाईले कहिले सोच्नुभएको छ ? कमेन्ट बक्समा तपाईंको विचार हामीलाई सेयर गर्नुस ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *