१६ फागुन २०७७ , आइतबार

जनरल इन्स्योरेन्सको आइपीओ बाँडफाँड – नतिजा यसरी हेर्नुस

IPO DISTRIBUTED

छुटेका कुरा-

जनरल इन्स्योरेन्सको आइपीओ आज (मंगलबार) बाँडफाँड भएको छ ।

एनआईबिएल एस क्यापिटलको कार्यालयमा भएको बाँडफाँडमा ५ लाख २१ हजार ५४६ जना आवेदकको हात खालि भएसँगै
२ लाख ७३ हजारको भाग्यमानी सावित भएका छन् ।
कुल ७ लाख ९६ हजार ७३४ जना आवेदकबाट प्राप्त आबेदन मध्य २ हजार १८८ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

रितपुर्वक भरिएका जम्मा ७ लाख ९४ हजार ५४६ आवेदनलाई गोलाप्रथाबाट २ लाख ७३ हजारलाई बाँडफाँड गरिएको हो ।

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ । आइपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब पुग्नेछ ।

शेयर बाँडफँडको नतिजा हेर्न मेरोलगानी तथा शेयर संसार लिंकमा जानुहाेस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *