छुटेका कुरा-
नेपालमा आश्विनको पहिलो साताबाट नै बाहिरिनु पर्ने मनसुनको अवधि लम्बिएको देखिन्छ । अहिले पनि नेपालमा मनसुन सक्रिय छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पुर्बानुमान महाशाखाको अनुसार- भारतको मध्य प्रदेशबाट ‘न्युन चापीय क्षेत्र’ पश्चिम तर्फ सर्ने छ । यो क्रम २५ सेप्टेम्बर सम्म कायम रहने छ ।
यसकारण काठमान्डौ उपत्यका लगायत देशका अधिकांस तराई र पहाडी भूभागमा अविरल बर्षा भइरहेको छ । श्रावणको झैँ सात दिन सात रातको झरीले आश्विनको दोश्रो साता समेत टेकेको छ ।
हालको अवस्था कायम रही रहने हो भने अति भारी वर्षा, हावा हुरी तथा चट्टयाङ्गको सम्भावना देखिन्छ l फलस्वरूप तराईमा बाढी र पहाडी भूभागमा पहिरो जानसक्ने देखिन्छ ।
यी कुराहरुलाई मध्यनजर गर्दै जल तथा मौसम विज्ञान विभागले आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरेको छ ।
https://www.facebook.com/110131203918446/videos/372589597441468