०८ बैशाख २०८२ , सोमबार

आफ्नै हातमुख जोर्न गाह्रो भैसक्यो, कुकूरलाई कस्ले ख्वाउने ?

कुकूरलाई कस्ले ख्वाउने ?

छुटेका कुरा-

कोरोनाले मानव प्रजाति अप्रत्याशित बन्दाबन्दिकाे फन्दामा परेको छन्।

यसले मानव आश्रित सम्पुर्ण जीवजन्तुको अवस्था चिन्ताजनक भएको छ । विशेषगरी गल्लिका भुसिया कुकूरहरुले खाना खान पाइरहेको छैनन्।

“यहाँ आफ्नै हातमुख जोर्न गाह्रो भैसक्यो, कुकूरलाई कसरी ख्वाउने ” कुकूरलाई माया गर्ने र कहिलेकाही ख्वाउने भृकुटिमण्डपकी एक दिदी भन्नुहुन्छ।
हुनपनि हो यहाँ मान्छेहरुकै पेट भर्ने विषयबस्तुहरुमा प्रश्न चिन्ह उठेको अवस्थामा कुकूरको कुरामा कसले ध्यान दियोस ?

यस्तो विषम परिस्थितिमा पनि केहि परोपकारी मन भएका व्यक्ति, संगठित यूवा र पशु अधिकारमा काम गर्ने संघ-संस्ठाहरुले गर्दा केहीकाे सास भने अडिएको छ। यी कामहरू प्रशंसनीय छन ।  तर , सम्पूर्ण कुकूरहरूकाे खानपानकाे भारी यी केही संस्थाकाे थाप्लाेले मात्र बाेकाउन हुदैन । उठाउन सम्भव छैन् ।

पोषणको कमिले बिरामी पर्ने र मर्नेको संख्या पनि निकै बढेको  विभिन्न तथ्याङहरूले बताउछन्। यी र यस्ता समस्याहरु बढ्दाे छन ।

यसकाे जिम्मेवारी वहन कसले, कसरी गर्नुपर्ने हो ? भन्ने जस्ता धेरै गम्भिर प्रश्नहरू छन् ।

एकातिर माैन सराेकारवाला सरकारी निकायकाे लापर्वाह प्रवृति छ भने अर्कातिर काम गर्ने  थाेरै व्यक्तिहरु, क्लब र गैर-सरकारी संस्थाहरुविच राम्राे समन्वय हुन सकेको छैन । जसको फलस्वरूप कतै कुकूरले खान पाएको छैन भने कतै खाना नास हुने, दाेहाेरिने अवस्था छ।

“पब्लिक प्राइभेट पार्टनरसिप” अवधारणा अनुसार सिघ्र नयाँ कार्यक्रमहरू सुर गर्ने पनि भनिन्छ । तर ब्यवहारमा त्यस्तो देखिदैन। यो हाँन् थापले गर्दा कुकूरहरु भने “साढेको जुधाई बाछाको मिचाईमा परेका छन्।”

नपुग्ने, छुट्ने र दोहोरिने समस्या व्याप्त छ ।

काठमान्डौको भृकुटीमण्डप वरपर छाडा छोडिएका कुकूरहरुलाई खाना खुवाउदै गरेका एक गैर-सरकारी संस्था(स्नेहाज् केयर) का प्रतिनिधी तथा स्थानीयहरुसँग यसै परिप्रेक्षमा गरिएको कुराकानी भिडियो तल प्रस्तुत छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *