छुटेका कुरा –
जीवनमा सपना धेरै देखिन्छन् ।
सपना सबैले देख्छन् । आफूले देखेका सबै सपना आफ्नो लागि अति नै प्यारो र अद्वितीय हुन्छन ।
पूरा भए आत्मसन्तुष्टि, नभए पश्चाताप लामो समयसम्म मानष्पटलमा जीवित रहन्छन् ।
आज त्यस्तै कहिल्यै पूरा नहुने गरि एउटा सपना तुहिएर गयो ।
नेपाली साहित्य आकाशका जाज्वल्यमान नक्षत्रका रुपमा सुप्रसिद्धि कमाएका शिखर व्यक्तित्व आदरणीय “राष्ट्रकवि” माधवप्रसाद घिमिरेले यो धर्तीबाट आफ्नो भौतिक देह त्याग गरिसक्नु भएको छ।
हामी उहाँले लेखेका र विद्यालयका पाठ्यक्रममा भएका कविताहरूकाे पढेर हुर्केका विद्यार्थी हाै । यहाँ उहाँलाई नचिन्ने काे हाेला र ? उहाँकाे निधनमा आँसु नबगाउने काे हाेला र ?
उहाँले आफ्ना कविताका यानमा राखेर हामीलाई कहिले हिमाली चिसो सिरेटो मा पुयार्याउनु हुन्थ्याे त कहिले कलकल बगेका खोलाबाट झरेका छङछङ बज्ने आवाज कानमा गुन्ज्याईदिनु हुन्थ्याे ।
उहाँको त्यो अक्षर रुपि जादु कक्षा कोठामा म अनुभव गर्थेँ ।
नेपाली हामी रहौला कहाँ नेपालै नरहे,
उचाई हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे ।
स्कूले जीवनदेखि नै सामान्य ज्ञानमा चासो राख्ने भएकाले होला , उहाँ मेरो दिमागमा देश चिनाउने सच्चा सपूतको तस्बिर बनेर रहनु भएको थियो ।
देशको वर्णन उहाँले जति सुरम्य र अदभुत तरिकाले सायदै अरुले कसैले गर्ला ।
सिर्जनाका आँखिझ्यालबाट सबैलाई देशको प्राकृतिक , साँस्कृतिक , ऐतिहासिक र पुरातात्त्विक सम्पदाहरुमा डुलाईदिने यस्ता विभुतिको प्रशंसा र वर्णन गर्ने सामर्थ्य त मेरो कहाँ हुनु र !
न म साहित्यको विद्यार्थी , न साहित्यप्रति मेरो त्यति धेरै लगाव नै छ, तर उहाँसँग भेटेर भलाकुसारी गर्ने सपनामा भने आज तुसारापात लाग्यो ।
उहाँलाई भेट्ने त्यो योजनामा पुर्णविराम लाग्यो ।
सपना देख्नु ठूलो कुरा होइन, पूरा गर्न गरिने प्रयत्न ठुलो कुरा हो । उहाँलाई भेट्ने योजना र सपना मात्र थिएन, दुई पटक सम्म योजना अनुसार निस्केको पनि हो । काठमाडौंको लैनचौरमा बस्छु । माधवप्रसाद घिमिरे र म बस्रे घर करिब एक किलोमिटरको परिधिभित्रै हुँदो हो । तर दुरीले यति नजिक भएर पनि, दिमागमा यति नजिक भए पनि खै के कुराले हो !
राष्ट्रकविलाई भेट्ने मेरो सपना कहिले पूरा नहुने गरि अन्त्य भयो ।
अङ्ग्रेजीमा एउटा भनाइ छ- “Fear is Temporary, Regret is Forever ! ” अर्थात डर तत्कालका लागि हुन्छ तर पश्चाताप जिन्दगी भरका लागि ।
मेरो हकमा पनि त्यस्तै भयो । अब पश्चाताप बाहेक अरु के गर्न सकिन्छ र !
कोरोनाको डर र लकडाउनले आफ्नो सुरक्षा गर्ने बहानामा मैले तेस्रो योजना स्थगित गरेको थिए ।
उहाँको बढ्दो उमेर र खस्कदो स्वास्थ अवस्थासँग अनबिज्ञ पनि थिइन म । तर समय, परिस्थिति र बहानाबाजीले एक सपनाको निधन हुँदा दु:खी त अवश्य धेरै भएको छु ।
उहाँको वैकुण्ठमा बाँस होस भन्ने कामना पनि गर्छु । यस घटनाले सिकाएको ठूलो पाठ भनेको समय र परिस्थिति कसैको बसमा नहुने रहेछ । सोचेकै बेला सपनालाइ साकार पार्न तिर लाग्नु पर्ने रहेछ । हेन भने सपना सधै सपनै रहने रहेछ ।
मैले व्यक्तिगत रुपमा खासै ठूलो उपलब्धि हासिल गरेकाे छैन् । तर राष्ट्रिय हितमा केहि महत्वपूर्ण याेगदान दिने लक्ष भने बोकेको छु ।
म जस्तो नागरिकलाई माधवप्रसाद घिमिरेको जीवनीबाट ठूलो उर्जा प्राप्त हुन्छ ।
नेपाली जनमनका लोकप्रिय कविवर माधवप्रसाद घिमिरेको भौतिक शरीर अब रहेन तर उहाँका सिर्जना हामी माझ रहने नै छन् ।
वर्तमान आधुनिक कविता , विशेषगरी छन्दमा निकै सफल साहित्यकारका रचनामा निकै जटिलम कुराहरूकाे सरल ब्याख्या पाइन्छ । यी यस्ता विशेषताहरूले उहाँ सबैकाे मनमस्तिष्कमा हुनुहुन्छ ।
माधवप्रसाद घिमिरेलाई हार्दिक श्रद्धाञ्जली !
नेपाली साहित्यमा हजुरको योगदानको कदर, सम्मान र सम्झना युगौ युगसम्म गरिनेछ ।
उहाँका अनेकौं रचनाहरुमध्ये मलाई लगायत सम्पूर्ण राष्ट्रभक्त नेपालीलाई मन पर्ने अर्को कविताकाे हरफ :
गाउँछ गित नेपाली , ज्योतिको पङ्खा उचाली
जय जय जय नेपाल , सुन्दर ,शान्त …विशाल
#RestInPeace #MadhavPrasadGhimire