०७ फागुन २०८१ , बुधबार

कम्पयूटर क्यामरा राम्रो छैन ! यसरी फोनलाई नै बनाउनुहोस् क्वालिटी वेब क्याम

Use smart phone as quality webcam

छुटेका कुरा

काठमाडौ- कोरोना भाईरसको विश्वब्यापी महामारीको कारण संघसंस्था तथा कम्पनीका नियमित कामकाज घरबाटै संचालन गर्नुपर्ने बाध्यता छ । यसका लागि अन्य बिभिन्न आबस्यकतासँगै गुणस्तरीय क्यामरा पनि चाहिएकाे छ ।

गुणस्तरीय क्यामराको मुल्य निकै पर्नसक्छ र त्यसको क्वालिटी पनि हामीले भनेको जस्तो नहुन सक्छ ।
यो समस्याको बिबेकपूर्ण समाधानका लागि एउटा गजबको उपाएका बारेमा हामी चर्चा गराैं ।

के, कसरी?

आफूसँगै भएको एन्ड्रोइड तथा आईओएस फोन वा ट्याबलेटलाई नै तपाईंले एउटा गतिले वेब क्यामको रुपमा प्रयोग गर्नसक्नुहुन्छ ।

गूगल प्ले स्टोरमा यस्ता धेरै एपहरु छन्, जसले तपाईंको एन्ड्रोइड फोनलाई वेब क्याम बनाउनेछन् । तीमध्ये ड्रोइड क्याम नामको निःशूल्क एप छ जसले तपाईले सजिलोसँग खोजेको काम गर्नसक्छ ।
१. सुरुमा ड्रोइड क्याम नामको एप डाउनलोड गरी फोनमा इन्स्टल गर्नुहोस् । यसका लागि तपाईंको फोनमा एन्ड्रोइड ५.० वा त्यसभन्दा नयाँ भर्सनको अपरेटिङ सिस्टम चाहिन्छ । (म्याकओएसका लागि यो एप उपलब्ध छैन् )
२. फाेनमा डाउनलोड गरेको यो एप तपाईले चलाउनुपर्ने कम्प्युटरमा पनि डाउनलोड र इन्स्टल गर्नुहोस् ।
३. कम्प्युटर एप रन हुन थालेपछि तपाईले डिभाइसलाई वाईफाई (ल्यान), यूएसबी वा वाईफाई सर्भर कुन मार्फत कनेक्ट गराउने भन्ने विकल्पहरु देख्नुहुनेछ । वेब क्यामका लागि तपाईंले वाईफाईबाट नै कनेक्ट गर्नुपर्ने हुन्छ ।
४. तीन बिकल्पहरु सहितकाे एउटा बक्स देखिनेछ । जहाँ तपाईले आफ्नो एन्ड्रोइडमा देखिएको आईपी एड्रेस राख्नुपर्ने हुन्छ । त्यसका लागि तपाईको फोनमा ड्रोइड एपमा दिएको आईपी एड्रेसलाई ‘डिभाइस आईपी’ लेखिएको ठाउँमा राख्नुपर्नेछ ।
५. अब ‘स्टार्ट’ बटन थिच्नु अघि तपाईंले दुईओटा बिकल्पहरु छनोट गर्नुपर्छ । सबैभन्दा पहिले ‘भिडियो’ र ‘अडियो’ चेक गर्नुहोस् । त्यसका लागि दुवै बक्समा टिक लगाउनुहोस् ।
६. तपाईले अगाडिको वा पछाडिको कुन क्यामेरा प्रयोग गर्न चाहेको हो, त्यो पनि दिईएको तीन थोप्ला विकल्पमा गएर रोज्न सक्नुहुन्छ ।
आबस्यकता अनुसार सेल्फी वा पछाडिको मेन क्यामेरा प्रयोग गर्न सक्नुहुनेछ । अब ‘स्टार्ट’ गरेपछि कम्प्युटर स्क्रीनमा भिडियोको फीड देखिनेछ ।

यदि तपाईंले भिडियोको प्री भ्यू देख्नु भएन भने आफ्नो कम्प्युटर र एन्ड्रोइड डिभाइस दुवैलाई एउटै वाईफाई नेटवर्क अर्थात् लोकल एरिया नेटवर्क (एलएएन) मा राख्नुहोस् । यसमा दुवै डिभाइस एउटै नेटवर्कमा हुन आवश्यक छ ।
७. अब जूम, गुगल मिट वा स्काइप जस्ता भिडियो कन्फ्रेन्सिङ एप खोल्नुहोस् । प्रत्येक एपको भिडियो सेटिङमा गएर डिफल्ट क्यामेरालाई ‘ड्रोइड क्याम सोर्स टु’ वा ‘ड्रोइड क्याम सोर्स थ्री’ मा परिवर्तन गर्नुहोस् । यी दुई मध्ये एउटाले तपाईंको स्मार्टफोनको क्यामेराको भिडियो देखाउँछ ।
८ आफ्नो भिडियो कन्फ्रेन्सिङ एपमा डिभाइसको माइक्रोफोनलाई डिफल्ट इन्पुट बनाउन भिडियो कन्फ्रेन्सिङ एपको माइक्रोफोन सेक्सनमा जानुहोस् । त्यसमा अडियो इन्पुट लेखिएको हुनसक्छ । त्यहाँबाट ‘ड्रोइड क्याम भर्चुअल अडियो’ चयन गर्नुहोस् ।
९ यदि तपाईंले भिडियोको लागि सेल्फी क्यामेरा प्रयोग गर्दै हुनुहुन्छ र वेबक्याम बनाएको फोन प्रयोग गर्नुभयो भने पनि ड्रोइड क्यामलाई त्यसले कुनै अवरोध गर्दैन । यतिसम्म कि तपाईंले मोबाइलको स्क्रीन अफ राख्दा समेत ड्रोइड क्यामले राम्रोसँग काम गरिरहेको हुन्छ ।

आईफोन वा आइप्याडलाई वेबक्याम बनाउन के गर्ने ?

एन्ड्रोइडमा जस्तै यसका लागि आईओएसमा पनि धेरै एपहरु उपलब्ध छन् । जसले तपाईंको आईफोन वा आइप्याडलाई वेब क्याममा परिणत गरिदिनेछन ।
त्यसका लागि डेभ ४७ एप्स डेभलपरले बनाएको ड्रोइड क्याम एपलाई अघि एन्ड्रोइडमा जस्तै गरी प्रयोग गर्न पनि सकिन्छ ।
अर्को विकल्प भनेको इपोक्याम हो । यो एप प्रयोग गर्न तपाईंको डिभाइसमा आईओएस १०.३ वा त्यसभन्दा नयाँ सफ्टवेयर आवश्यक पर्छ ।
१. एप स्टोरबाट इपो क्याम एप डाउनलोड गरी आफ्नो फोनमा इन्स्टल गर्नुहोस् ।
२. इपो क्याम एपमा विण्डोज टेन र म्याक ओएस दुवैका लागि डेस्कटप ड्राइभर उपलब्ध छ । यो एपलाई डेस्कटपमा डाउनलोड गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
३. तपाईंले डेस्कटप ड्राइभर इन्स्टल गरिसकेपछि अरु कुनै एप खोल्नुपर्दैन । तर तपाईंले आफ्नो आईओएस डिभाइस र कम्प्युटरलाई भने एउटै वाईफाई वा एलएएनमा चलाउनुपर्ने हुन्छ ।
४. आफूले प्रयोग गर्न चाहेको जुनसुकै भिडियो कन्फ्रन्सिङ एपको क्यामेरा सेटिङमा इपो क्याम देख्न सकिनेछ । इपोक्याम छनौट गरेपछि अब तपाईंको कम्प्युटरको क्यामेरा वाईफाईबाट कनेक्ट हन्छ । त्यसको नोटिफिकेसन कम्प्युटर स्क्रीनमा देखिनेछ ।
५. यदि सुरुवातमा यो एपले राम्रो काम गर्न सकेन भने केही ट्रबल सूटिङ प्रक्रिया पनि अपनाउन सक्नुहुन्छ । यदि तपाईं कम्प्युटरमा छुट्टै एपको साटो ब्राउजरमा आधारित वेबक्याम चलाउँदै हुनुहुन्छ भने सबैभन्दा पहिले वेबक्यामलाई एक्सेस दिन ब्राउजरमा अनुमति दिनुपर्छ।
एप लञ्च हुन वा कन्फ्रेन्स कल सुरु हुनु पूर्व अनुमति माग्ने नोटिफिकेसन देखा पर्नेछ । अब त्यसलाई हेर्न वेब एड्रेस बार नजिक जानुहोस् ।
६. यस्तै लोकप्रिय जूम एपको मामिलामा पछिल्लो अपडेट ४.६.११ ले इपोक्यामसँगको सम्बन्ध तोडेको छ । यदि जूम एपमा इपो क्याम चलाउने हो भने तपाईंलाई केही पुरानो भर्सन ४.६.७ को आवश्यकता पर्नेछ
तपाईंले यहाँ क्लिक गरी जूम एपका पुराना भर्सन डाउनलोड गर्नसक्नुहुन्छ । तर यसो गर्नु सुरक्षाको दृष्टिले जोखिमपूर्ण हुन्छ ।
यसरी इपोक्याम एपमा ड्रोइड क्याममा जस्तो धेरै निःशूल्क फिचरहरु पाइन्छन् ।
फ्री भर्सनमा तपाईंको भिडियो फीडमा वाटरमार्क देखिन्छ । यसमा प्रतिसेकेण्ड ३० फ्रेम र ६४० बाई ४८० को रेज्युलेसन मात्र पाइन्छ ।
यसबाहेक फ्री भर्सनले तपाईंलाई डिभाइसको माइक्रोफोन प्रयोग गर्ने अनुमति समेत दिदैँन । त्यसका लागि तपाईंले आफ्नो कम्प्युटरमा ईन लाइन माइक्रोफोन फिचर भएको हेडफोन प्रयोग गर्नुपर्ने हुन्छ । तर उसले मागेकाे पैसा तिरियो भने यी सबै कमजोरीबाट पार पाउन सकिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *