झिसमिस साँझ परिसकेको थियो । ऊ त्यही चिया पसलमा बसिरहेको थियो । जहाँ विहान कलेज जाँदा देखेकी थिएँ । ऊ त्यसरी नै एक तमासले बसिरहेको थियो । उसमा कुनै रस थिएन । न कुनै उत्साहा । मानौं भर्खरै कुनै आर्यघाटबाट मलामी गएर फर्किएको मान्छे जस्तो । बिहान जून रुप रंगमा देखिरथें अहिले पनि त्यस्तै अवस्थामा थियो ऊ ।
झोक्राएको अनि हेर्दै खालि भएर खोक्रिएको जस्तो देखिने उसको कारुणिक मुहार, चिन्तामग्न उसको त्यो अवस्था देखेर मेरो मनमा दया पलायो । या भनौं माया लागेर आयो । त्यस दिन त्यसै अनेकौं कुरा मनमा खेलाउँदै म घर आइपुगें ।
यसरी नै उसलाई हेरि रहने मेरो चाहाना दिनका दिन बढ्न थाल्यो । ऊ सधैं त्यही चिया पसलमा त्यसरी नै बसि रहेको हुन्थ्यो । ऊ कहाँबाट, कसरी त्यहाँ आयो थाहा छैन । तर उसलाई हेर्दा मनमा थोरै भए पनि आनन्द आउँथ्यो । दिन, हप्ता गर्दै महिना दिन बित्यो उसलाई हेर्ने बानी परिसकेको थियो, मलाई ।
अग्लो कदको, कालेकाले हिस्सि परेको, चिटिक्क जिउडाल भएको, लरक्क परेको टलकदार कपाल हल्काहल्का दारी पालेको मान्छे मानौं ऊ कुनै फिलिमको हिरो हो । तर उसमा एउटै कुराको कमी थियो । उसको ओठमा मुस्कान थिएन ।
अग्लो कदको, कालेकाले हिस्सि परेको, चिटिक्क जिउडाल भएको, लरक्क परेको टलकदार कपाल हल्काहल्का दारी पालेको मान्छे मानौं ऊ कुनै फिलिमको हिरो हो । तर उसमा एउटै कुराको कमी थियो । उसको ओठमा मुस्कान थिएन ।
उसलाई दिनकादिन हेर्न थालेको पनि महिनौ भएछ । म कति पटक त्यो बाटो गएँ फर्किएँ । तर उसको हराएको मुस्कान फर्किएको थिएन । उस्तै मलिनो अनुहार थियो उसको । उसमा कुनै परिवर्तन थिएन ।
उसको एउटा गज्जबको बानी थियो । ऊ सधैं सफा कपडामा चिटीक्क परेको दखिन्थ्यो । हेर्दाहेर्दै मलाई खुबै मन पर्न थालेको थियो । तर मनमा कान्ति हराएको थियो उसको । उसको अनुहारमा प्रष्ट देखिन्थे निराशाका धर्काहरु । यति कलकलाउँदो उमेरमा खै के पिर परेको थियो कुन्नी उसलाई ?
उसलाई दिनदिनै हेरिरहन्थें म । तर उसले शिर उठाएर एक पटक पनि मतिर हेरेको थिएन । म भने लुकिलुकि उसलाई नियाल्थें । यसरी उसलाई नियाल्दा अथाहा आनन्द मिल्थ्यो मलाई । म ऊसँग बोल्न चाहान्थें । उसका पिडाहरु थाहा पाएर उसको ओठमा मुस्कान छर्न चाहान्थें । अक्सर यहाँ पुरुषहरु नारीप्रति मोहित हुन्छन् तर यहाँ उल्टो भईरहेछ । म एउटा पुरुष प्रति मोहित भएकी छु । उसलाई हेर्दा मानौं कुनै मन परेको गित सुन्दा जति आनन्द आउँथ्यो त्यति आनन्द आए झैं लाग्थ्यो मलाई ।
कति टाढाबाट नियालेर हेर्नु, बिस्तारै बिस्तारै म त्यो चिया पसलमा जान थालें । कलेजबाट घर फर्किदाँ सधैं चिया पसल छिर्ने बानी परें म । कहिल्यै चिया नपिउने मान्छे म, उसलाई नजिकबाट हेर्न पाउने लोभले उसको नजिकै गएर बस्थें । अनि चिया अर्डर गर्थें ।
त्यो भन्दा अगि कहिले केही काम गरेको देखेकी थिईंनँ । तर त्यो दिन उसले मेरो लागि चिया ल्याएर टेबुलमा राखिदियो । दिनदिनै उसको हातले दिएको चिया पिउन पाउँदा म हर्षित थिएँ । दिनानु दिन यो क्रम चलि नै रहेको थियो । मैले आफ्नो गन्तव्य, आफ्नो उद्देश्य सबै भुलेछु । माया हो कि उसको लत लागेको थियो केही थाहा भएन तर उसलाई हेर्ने बाहानामा चियाको लत चाहिं धेरै नै बसिसकेको थियो ।
सुत्दा, उठ्दा, खाँदा, बस्दा जे सुकै गर्दा होस् मेरा आँखामा र मेरो मनमा उसकै अनुहार आउन थाल्यो । म उसलाई भुल्न सक्दिन जस्तो लाग्न थालेको थियो मलाई । चिया पिउन जाँदाजाँदा झनै नजिक भएकी थिएँ । सधैं एउटै केटी, त्यही एक कप चियाका लागि त्यही टेबुलमा बसेको देखेर पनि होला, ऊ मलाई देख्दा थोरै भएपनि मुस्कुराउने भएको थियो । चिया पसलकी साउनीको भाइ रहेछ ।
सुत्दा, उठ्दा, खाँदा, बस्दा जे सुकै गर्दा होस् मेरा आँखामा र मेरो मनमा उसकै अनुहार आउन थाल्यो । म उसलाई भुल्न सक्दिन जस्तो लाग्न थालेको थियो मलाई । चिया पिउन जाँदाजाँदा झनै नजिक भएकी थिएँ । सधैं एउटै केटी, त्यही एक कप चियाका लागि त्यही टेबुलमा बसेको देखेर पनि होला, ऊ मलाई देख्दा थोरै भएपनि मुस्कुराउने भएको थियो । चिया पसलकी साउनीको भाइ रहेछ ।
उतै पोखरा बस्ने, उतै पढ्ने गर्दो रहेछ । केही समयलाई यताका लागि बसाईं सारेको अरे भन्ने थाहा पाएँ । पहिले हेर्दा पनि नहेर्ने मान्छे हेर्दा मुस्कुराउनेसम्म भएको थियो । अझै नजिकिए छौं हामी, मुस्कान सँगसँगै केही शब्द बोल्न थालेको थियो ऊ । ऊ पहिलो पटक हास्दा बादल फाटेर खुल्ला आकाश चम्किए झैं लागेको थियो । कति मिठो हासो थियो उसको । झन् पहिलो पटक बोल्दा त मेरो मन खुसीले गद्गद् भएको थियो । कति मिठो आवाज ।
किन यतिका दिनसम्म लुकाएको होला ? मनले मनलाई भन्दै थिएँ ।
कस्तो अचम्म उसले सुनेछ कि के हो, के भयो हजुर के भन्नुभयो ? उसले मलाई सोधिहाल्यो ।
मलाई कतकता लाज लागेझैं भयो ।
होइन केही होइन । थोरै शिर झुकाएर भनें ।
दिन, हप्ता हुँदै मैले चिया पिउन थालेको पनि दुई महिना भई सकेछ । कति छिटै ।
यी दुई महिनामा उसलाई थोरै नजिकबाट चिनीसकेकी थिएँ । बीबीएस सकेर बसेको रहेछ । कुनै राम्रो कामको खोजीमा रहेछ । पढाईमा पनि राम्रो रहेछ । मान्छे जत्तिकै । उसका चाहाना, रहर र सपनाहरु सबै बुझ्ने मौका पाएँ । त्यो अन्जान शहरमा चिया पसलबाट परिचय भएर हामी राम्रो साथी हुन पुगेका थियौं । म भर्खर १२ कक्षा पढ्दै थिएँ । मेरो त अल्लारे उमेर, हुन त उसको पनि उमेर अल्लारे नै थियो । हामीबीच उमेरमा धेरै अन्तर थिएन । तर ऊ मभन्दा निकै परिपक्क थियो ।
ऊ शिष्ट भएर बोल्थ्यो । नम्र स्वभावको थियो । नाम पनि उस्तै राम्रो थियो– संगम । चिया पिउँदै हामी निकै बेर गफिन थालेका थियौं । गफ गर्दागर्दै उसको मनको निराशाको कारण पनि पत्ता लगाएकी थिएँ मैले ।
मायामा धोका पाएको रहेछ । कति धेरै माया गर्दो रहेछ उसले आफ्नी मायालाई । कारण चाहिं पत्ता लाउन सकिनँ । किन हो उनीहरुबीच दूरी बढेको रहेछ । उसको माया टुटेको रहेछ । त्यही पिडा भुलोस् भनेर बाआमाले उसलाई काठमाडौंमा दिदीको घर पठाउनु भएको रहेछ ।
दिदीसँग पनि राम्रो चिनजान भयो । संगमको कारणले उहाँले अब मसँग चियाको पैसा लिन छाडिसक्नु भएको थियो । भन्नुहुन्थ्यो उहाँको भाइको ओठमा हाँसो फर्काउने म जादूदरनी रे । त्यसैले उहाँले मलाई आफ्नै बहिनी ठान्नुभएको थियो । मेरो माया संगमप्रति बढ्दै गएको थियो । संगम दिनदिनै खुसी हुँदै गएको देखिन्थ्यो ।
मेरो बच्चापन उसलाई खुब मनपर्छ अरे । तारिफ गथ्र्यो मेरो, म मख्ख पर्थें । ऊ मेरो यति घनिष्ट मीत्र बनेको थियो कि ऊ खुसी हुँदा मेरो कपाल छोएर सुम्सुम्याउँथ्यो, गाला चिमोट्थ्यो । एकदमै नजिक बनाउन थालेको थियो मलाई । सबैकुरा भन्थ्यो । आफ्ना सपना, रहर, भविष्यका कुरा, सबैसबै योजनाहरु बताउँथ्यो । र, सधैं मलाई धन्यवाद दिन्थ्यो । उसको जीवनमा हाँसो फर्काएकोमा ।
मेरो बच्चापन उसलाई खुब मनपर्छ अरे । तारिफ गथ्र्यो मेरो, म मख्ख पर्थें । ऊ मेरो यति घनिष्ट मीत्र बनेको थियो कि ऊ खुसी हुँदा मेरो कपाल छोएर सुम्सुम्याउँथ्यो, गाला चिमोट्थ्यो । एकदमै नजिक बनाउन थालेको थियो मलाई । सबैकुरा भन्थ्यो । आफ्ना सपना, रहर, भविष्यका कुरा, सबैसबै योजनाहरु बताउँथ्यो । र, सधैं मलाई धन्यवाद दिन्थ्यो । उसको जीवनमा हाँसो फर्काएकोमा ।
म मनमनै एकदमै खुसी हुन्थें । अनि भन्थें तिमी त मेरो मनको राजा एकदिन तिमीलाई तिमीबाट चोरेर कतै टाढा लिएर जानेछु । मेरो मन चोरलाई सधैंका लागि मेरो बनाउनेछु ।
म उसलाई अति नै माया गर्न थालेकी थिएँ, एक पागल प्रेमी जसरी । तर उसलाई मुख फोरेर भनेकी थिईंनँ ।
मेरो १२ कक्षाको परिक्षा नजिकियो । उसको हौसला अनि साथले पढाईमा अझै राम्रो गर्दै गएकी थिएँ । पढ्नुपर्छ है, उसले सधैं उक्साइरहन्थ्यो । मेरो साथी धेरै पढ्नुपर्छ, फस्र्ट हुनुपर्छ, सबैलाई जित्नुपर्छ । एउटा अभिभावक झैं सिकाइरहन्थ्यो मलाई ।
उसको माया मिसिएका शब्दहरु मेरो आँखामा झलझलि आउथे । उसको तस्बिर आँखैमा नाच्दा पनि पढाईलाई निरन्तरता दिएकी थिएँ । रुँदैरुँदै मनको कुरा परिक्षाको रिजल्ट आएपछि मात्रै भन्छु भन्ने वाचा गरें आफैसँग । अनि म आफ्नो परिक्षाको तयारीमा लाग्न थालें ।
संगमसँगको भेटलाई केही दिनका लागि बन्द गरें । भेटसँगै ऊसँग चिया पिउने दैनिकी पनि बन्द भयो । चिया पिउन अब परिक्षापछि मात्रै आउनु । उसको अर्डर थियो । उसलाई मेरो परिक्षाको राम्रो नतिजा चाहिएको थियो ।
असाध्यै केयर गथ्र्यो । माया पनि उत्तिकै । बोलाउँदा पनि ए मेरो चुलबुले भनेर बोलाउँथ्यो । मलाई मनपथ्र्यो । म खुसी हुन्थें । लाग्थ्यो, मैले मात्रै होइन अब उसले पनि मलाई माया गर्न थालेको छ ।
परिक्षा चलि रहेकै थियो । दुई वटा परिक्षा अझै बाँकी थिएँ । म त्यस दिनको परिक्षा सकेर फर्कदैं थिएँ । मस्त पानी परेको दिन । त्यो दिन दिऊँसै झिसमिसे साँझ परेजस्तै लागेको थियो । जून दिन मैले संगमलाई देखेंथें त्यो दिन पनि झिसमिसे साँझ नै थियो ।
जोडजोडले पानी परेको दिन अन्धकार भएको थियो । परिक्षा सकेर अर्को परिक्षालागि ट्यूुसन लिन गएँ । ट्यूसन सकेर घर फर्कदैं गर्दा त्यस्तो पानीमा पनि संगम बाहिर आकाशतिर फर्कदैं दुवै हात फैलाएर चिया पसलको आँगन अगााडी घुमिरहेको थियो । मानौं निकै उत्साह उमङ्गले भरिएको छ ऊ ।
उसलाई यो भन्दा अघि कहिल्यै पनि यति धेरै खुसी भएको देखेकी थिईंनँ । जति आज देखें । पहिले मसँग बोल्दा, हाँस्दा पनि यति धेरै खुसी भएको देखेकी थिईंनँ । जुन उत्साह आज उसको अनुहारले बताई रहेको थियो । दुवै हात आकाशमा फैलाउँदै घुमीघुमी यस्तो पानीमा रुझिरहेको थियो । टाढैबाट संगम, संगम भनि बोलाएँ । पानीमा भिज्न मन थिएन मलाई तर छाताबाट भित्र पानी पसिसकेको थियो । मलाई पनि उसको छेउमा गएर छातै ओढेर भएपनि उसको खुसीमा सामेल हुन मन लाग्यो । तर अगााडी जान नपाउँदै उसले भन्यो तिमी यता नआउ, परिक्षा सकाएर मात्रै आउनु । पानीमाा नभिज ज्वरो आउँछ घर फर्क, पछि भेट्छु तिमीलाई ।
अनि… अनि तिमी किन रुझेको त ? हावाले बतासिदैं गएको मेरो प्रश्न थियो ।
मलाई पानीमा रुझ्न खुब मनपर्छ । जाउ तिमी घर जाउ ।
ए ए ए… लल हुन्छ ।
पानीको आवाजसँग मेरो र उसको आवाज हरायो । संगम हराएझै ।
परिक्षा सकियो । संगमसँग भेटेर आफ्ना मनका सबै माया पोख्छु । उसलाई मैले गरेको मायाको काहानी भन्छु । कि संगम ….म तिमीलाई कत्ति चाहान्छु कत्ति । म तिमीलाई कत्ति माया गर्छु कत्ति । हद पार गरेर सबैको अगााडी चिच्याएर भन्नेछु । संगम म तिमीलाई यति धेरै माया गर्छु । कल्पनामा म मनमनै रमाउँदै थिएँ ।
जब म त्यसदिन साँझ घरबाट निस्किएर उसको दिदीको चिया पसलमा पुगें, चिया पसल बन्द थियो । झिसमिसे साँझमा देखेको संगम त्यहाँ थिएन । टेबल बाहिर रित्तै बसि रहेको थियो । संगम झोक्रिएर बसे झै । आसपास कोही थिएन । बिहान खोलेको पसल साँझ बन्द थियो ।
एकदिन, दुईदिन गर्दागर्दै हप्तौं बित्यो । न संगम देखियो न पसल खुल्यो । यताउता सबैलाई सोधें । कसैले थाहा छ भन्ने उत्तर दिएनन् । म भने सधैं त्यही टेबलमा गएर बस्थें । संगमको यादमा टोलाउँथें । झोक्रिन्थें, ऊ आउँछ कि भन्ने आशमा हर झिसमिसेमा त्यहाँ पुग्थें ।
तर संगम आएन, न उसको दिदी नै ।
एकदिन, दुईदिन गर्दागर्दै हप्तौं बित्यो । न संगम देखियो न पसल खुल्यो । यताउता सबैलाई सोधें । कसैले थाहा छ भन्ने उत्तर दिएनन् । म भने सधैं त्यही टेबलमा गएर बस्थें । संगमको यादमा टोलाउँथें । झोक्रिन्थें, ऊ आउँछ कि भन्ने आशमा हर झिसमिसेमा त्यहाँ पुग्थें ।
तर संगम आएन, न उसको दिदी नै ।
संगम त्यस दिनको तिम्रो हर्षको कारण थाहा पाईंनँ । तिमी रुझ्नुको कारण पनि थाहा पाईंनँ । यो पसल बन्द हुनुको कारण पनि थाहा पाईंनँ । म मनमनै बोल्थें, कसैले नसुन्ने गरी ।
दिन, हप्ता गर्दै महिनौं बित्यो तर संगम आएन । झिसमिसे साँझले ल्याएको मायाको भेलले मलाई बगायो । आज म संगम जस्तै भएकी छु । झोक्रिएको अनि खोक्रिएको । गन्तव्य विहिन यात्री भाकी छु ।
Ramro katha