छुटेका कुरा –
पिरो स्वादका लागि प्रख्यात मसलन्द बाली हो अकबरे खुर्शानी। डल्लो आकारको हुने हुँदा डल्ले खोर्सानी यसको उपनाम बनेको छ। क्याप्सिकन नामक तत्वबाट पिरो मापन हुने खुर्सानी मध्ये अकबरे बढिनै पिरो र स्वादिलो हुन्छ।
विश्व बजारमा समेत परिचित रहेको नेपाली उत्पादन मध्यको एक हो अकबरे खुर्सानी। नेपालमा भने इलाम जिल्लाका ५ अ अन्तर्गतको एक अ का रुपमा अकबरेले स्थान पाएको दशकौँ भैसक्यो। हाल देशका बिभिन्न क्षेत्रहरूमा यसको व्यवसायीक खेती गरिन्छ।
पेटका बिमारीहरूको लागि केही बेफाइदा भए तापनि आम जनमानसले अकबरे खुर्सानीको महत्व ग्यास्ट्रिक नियन्त्रण गर्न र चिसो काट्न राम बाणका रुपमा बुझेको पाइन्छ।
अकबरे खुर्सानीको नियमित सेवनले हाम्रो स्वास्थ्यलाई हुने फाइदाहरु
- खाना पचाउनका लागि
- कोल्ड फ्लुबाट बचाउनका लागि
- एलर्जी हुनबाट जोगाउनका लागि
- डाइबिटिज हुनबाट जोगाउनका लागि
- माइग्रेनको समस्या समाधानका लागि
- रगतमा चिनीको मात्रा घटाउनका लागि
- मुटुको समस्या हुनबाट जोगाउनका लागि
- शरीरमा राता रक्त कोष बढाउनका लागि
- हाड जोर्नीमा हुने दुखाइ कम गर्नका लागि
- ग्यास्ट्रिक तथा अल्सर रोग निदानका लागि
- थकाइघटाउन, शरीर चङ्गा बनाउन तथा अल्छी पनबाट छुटकारा पाउनाका लागि
- अकबरे खुर्सानीको नियमित सेवनले केही हदसम्म क्यान्सर लाग्नबाट समेत जाेगाउन सक्छ।
- अकबरे हालेर पकाएको खाना किटाणु रहित हुने हुँदा कुनै पनि तरकारीमा थोरै भए पनि यो खुर्सानीलाई हाल्नु राम्रो मानिन्छ।
अकबरेले खानालाई पिरो मात्र बनाउने नभएर छुट्टै प्रकारको स्वाद दिने हुँदा यसको लोकप्रियता दिन परदिन उल्लासमय छ। फरक स्वाद मात्र नभएर औषधीय तरकारी/मसलन्द/फलका रुपमा समेत अकबरेले आफ्नो स्थान बनाइ सकेको छ। पिरो स्वादका पारखीहरले यसलाई पहिलो पटक सेवन गर्दा “आहा अकबरे” अवस्य भन्छन् भन्ने कुराहरु भने आम जनमानसले बुझ्न छुटेका कुराहरु हुन् ।